राष्ट्रिय सहकारी महासंको आयोजनामा सहकारी प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न
राष्ट्रिय सहकारी महासंघ लि. ,नेपालको आयोजना र भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको सहयोगमा यही मंसिर ७ देखि १२ गते सम्म सहकारी प्रशिक्षक प्रशिक्षण तालिम कार्यक्रम सम्पन्न भएको छ । सो महासंघको तालिम हलमा सञ्चालित उक्त तालिमको समापन गर्दै राष्ट्रिय सहकारी महासंघ लि., नेपालका सञ्चालक खेमवहादुर पाठकले यो तालिममा सहभागीहरुले भएर आर्जन गरेको ज्ञान र शीपलाई अरूलाई बाढ्ने कुरामा सरिक भएनौ भने स्थायी नहुने भन्दै धेरैभन्दा धेरै व्यक्तिलाई बाढनुपर्ने खाँचो औंल्याउनुभयो । उहाँले आफूले २०४८ सालमा सहकारी प्रशिक्षक प्रशिक्षण तालिम लिईसकेपछि आफूलाई सहकारी क्षेत्रका लाग्न उर्जा मिलेको बताउदै सहभागीहरूलाई प्रशिक्षणमा लाग्न उत्प्रेरित गर्नुभएको थियो । उहाँले सहकारी संघ संस्थाको सफलता त्यसको नेतृत्वकर्तामा निहित हुने वताउदै राष्ट्रिय सहकारी महासंघ लि. हरदम आफ्ना सदस्य निकायहरुलाई सहयोग गर्न तयार रहेको वताउनुभयो । उक्त अवसरमा सोही महासंघकी महाप्रवन्धक चित्राकुमारी थाम्सुहाङ्ग सुब्बाले प्रशिक्षक प्रशिक्षण तालिमबाट सिकेको ज्ञान र शीपलाई सहभागीहरूले व्यवहारमा उतार्ने विश्वास व्यक्त गर्दै निरन्तरको सिकाईमा समाहित हुन अनुरोध गर्नुभयो । त्यस आवसरमा सोही महासंघका नायव महाप्रवन्धक बाबुल खनालले सहभागिहरुको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो भने महासंघका वरिष्ठ प्रवन्धक तथा तालिम विभागका प्रमुख गोपीकृष्ण भण्डारीले सो कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डे, उप-रजिष्टार चोलेन्द्र न्यौपाने , सो महासंघका महाप्रबन्धक सुब्बा, केन्द्रीय सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रका प्राचार्य रोशनशंकर घिमिरे, लिलादेवी अर्याल, महासंघका नायव महाप्रबन्धक बाबुल खनाल, पूर्व उपसचिव चन्द्र ठकुरी, महासंघका वरिष्ठ प्रबन्धक गोपीकृष्ण भण्डारी, महासंघका अन्तर्राष्ट्रिय सम्बन्ध तथा कार्यक्रम अधिकृत सुरेश थापा लगायतले सहजीकरण गर्नुभएको तालिम कार्यक्रममा सहभागीहरुले सैद्घान्तिक र व्यवहारिक ज्ञानका साथै कार्यान्वयन कार्ययोजना समेत तयार गरेका थिए । महासंघले कोभिड- १९ को महामारीका कारण भर्चुअल रुपमा तालिम सञ्चालन गरिरहेको भएपनि प्रशिक्षक प्रशिक्षण कार्यक्रम भने सम्पूर्ण स्वास्थ्य मापदण्ड पालना गर्दै भौतिक दुरी कायम गरी सञ्चालन भएको थियो ।
(NCF Nepal को सहयोगमा ।)

