विश्वास साकोस , बखाहा बजार , भक्तपुरको शेयर सदस्य २,१९१
भक्तपुरको मध्यपुर थिमि नगरपालिका-६, बखाहा बजारमा रहेको विश्वास बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्ना शेयर सदस्यहरुको जीवनस्तर माथि उठाउन सहयोग पुग्ने गरी कार्य गरिरहेको सोही संस्थाकी व्यवस्थापक चन्द्रकुमारी श्रेष्ठले बताउनु भएको छ । सहकारी सञ्जालसँग कुरा गर्दै उहाँले स्थानीय समुदायमा आधारित हाम्रो यस संस्थाले आफ्ना सदस्यहरुलाई वित्तीय सेवा प्रवाह गर्नुका साथै बेलाबेलामा विभिन्न रचनात्मक क्रियाकलाप सञ्चालन गर्दै अगाडि बढिरहेको छ भन्नुभयो । २०७७ मंसीर १२ गतेसम्म यस संस्थामा शेयर सदस्य संख्या २,१९१ , शेयर पूँजी रु २,११,७३,५०० र ऋण लगानी रु.१३,०४,५७,९१८ रहेको उहाँको भनाई छ । उहाँले यस संस्थाले आफ्ना शेयर सदस्यहरुको सुविधालाई ध्यानमा राखी ३ वटा विप्रेषण कम्पनीका रेमिट सेवा सञ्चालन गरिरहेको छ भन्नुभयो ।

सो संस्थाको २०७७ असोज २४ गते ११औं वार्षिक साधारणसभा सोही संस्थाका अध्यक्ष तुल्शीभक्त श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । सहकारी विभागको निर्देशन पालना गरी सम्पन्न सो साधारणसभामा उक्त संस्थाका अध्यक्ष श्रेष्ठले वार्षिक प्रतिवेदन , कोषाध्यक्ष लक्ष्मण कारञ्जितलै आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक पुरुषोत्तम श्रेष्ठले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नु भएको थियो । त्यस साधारणसभाले छलफल गरी पारित गरेको प्रतिवेदनमा आर्थिक वर्ष २०७६/०७७ मा शेयर पूँजी रु.२,०९,३०,४०० , निक्षेप संकलन रु.१५,६६,०२,०९१/७५ , कर्जा लगानी रु.१२,८९,०६,०८४/४२ , शेयर सदस्य संख्या १,९०० र कुल कारोवार रु.१९,८५,४९,७९२/६३ रहेको उल्लेख छ ।

