नेपाल कम्युनिष्ट पार्टीले क्रान्तिकारी शक्तिहरुसँग एकताको पहल गरिरहेको छ : ऋषिराम कट्टेल

0 Shares

नेपाल कम्युनिष्ट पार्टीका संयोजक ऋषिराम कट्टेलले नेपाल कम्युनिष्ट पार्टीले क्रान्तिकारी शक्तिहरुसँग एकताको पहल गरिरहेको छ भन्नु भएको छ । यही मंसीर १८ गते बसेको सो पार्टीको केन्द्रीय सचिवालयको भर्चुअल बैठकको निर्णय हिजो प्रैस विज्ञप्ति मार्फत सार्वजनिक गर्दै उहाँले नेपाल बाह्य शक्तिकेन्द्रहरुको परेड स्थल बन्ने खतरा बढेको बताउनु भएको छ । उहाँले जारी गर्नु भएको प्रेस विज्ञप्ति यस प्रकार छ ।

 

नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय सचिवालयको प्रेस बिज्ञप्ति

मिति:—२० मार्ग २०७७

नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सचिवालयको मिति १८ मार्ग २०७७ मा भच्र्युअल बैठक राष्ट्रिय सम्मेलन तयारी समितिका संयोजक क.ऋषिराम कट्टेलको अध्यक्षतामा र सह–संयोजक क.लोकनारायण सुबेदी, सचिावलय सदस्यहरु : क..हरिदेब ज्ञवाली , क..शरणबिक्रम मल्ल, क.भीमप्रसाद सेढाई , क.रत्नप्रसाद जोशी , क. रामदुलार महतोो , क.सीता सुबेदी , क.कृष्णहरि भट्ट्ट , क.डा. मिश्री मण्डल र क..नरेश अमात्यको उपस्थितिमा
बस्यो । वैठकले गरेका निर्णयहरु यो प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरिएको छ ।ः

१.  वैठकले देशको कम्युनिष्ट आन्दोलनमा विकास भएको विसर्जनवाद र त्यस विरुद्ध कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी धारालाई पुनर्गठन गर्न पार्टीको तर्फवाट भइरहेको प्रयासको व्यापकरुपमा समीक्षा ग-यो र आजसम्म भएका प्रगतिहरु सकारात्मक रहेको  निश्कर्ष निकाल्यो । हालै पार्टीका संयोजकवाट क. विप्लव र क. किरण संग भएको संवाद र सहमतिलाई कार्यान्वयनमा लैजाने र अन्य केही घटकहरुसंग पनि संवाद अगाडि वढाउने वैठकले निर्णय गरेको छ । साथै वैठकले मार्क्सवाद , लेनिनवाद , माओविचार वा माओवादलाई मार्गदर्शक सिद्धान्त मान्ने , नयाँजनवाद वा वैज्ञानिक समाजवादलाई रणनीतिक कार्यक्रम मान्ने र वर्तमान राज्यसत्तालाई ध्वंस गरेर जनताको नयाँजनवादी गणतन्त्र स्थापना गर्ने कार्य दिशा लिएका कम्युनिष्ट पार्टीहरुसंग पार्टी एकतालाई केन्द्र विन्दुमा राखेर रण्नीतिक चरित्रको संयुक्तमोर्चा निर्माण गर्न पार्टीको तर्फवाट भइरहेको विशेष पहल र बिद्यमान यथास्थितिवादका बिरुद्ध रहेका अन्य वाम तथा प्रगतिशील राजनीतिक शक्तिहरुसंग मुद्दाकोअधारमा कार्यगत एकता कायम गर्दै राष्ट्रियता ,जनतन्त्र र जनजीविकाको सुनिश्चितताको लागि संयुक्त जनसंघर्षको विकास गर्ने सन्दर्भमा भइरहेको प्रगति र थप सम्भावना बारेमा बैठकले सन्तोष ब्यक्त गरेको छ । जनता र राष्ट्रप्रति सार्थकरुपमा समर्पित यस्तो शक्ति निर्माणले मात्र देशमा ब्याप्त राजनीतक, आर्थिक, सामाजिक तथा सांस्कृतिक बिकृति र बिसंगतिलाई चिरेर आमूल परिबर्तनकारी उन्नत बिकल्प दिन सक्तछ भन्ने प्रष्ट निष्कर्श वैठकले निकालेको छ ।

२.    चलिरहेको २२ दलको आन्दोलनलाई अझ ठोस र सशक्त तुल्याएर यसलाई राष्ट्रब्यापी बनाउन पर्ने कुरामा बैठकले जोड दिएको छ र यस सन्दर्भमा संलग्न सबै घटकहरुलाई यस दिशामा थप अग्रसरता लिन आह्ँवाान गरेको छ ।

३.  कम्युनिष्ट नामको सत्ताधारी पार्टीको निरन्तरको आपसी किचलो , सत्ता लिप्सा  र स्वार्थले देशमा जनताले लडेर ल्याएका सिमित उपलब्धिहरुको समेत रक्षा हुन नसक्ने अवस्था सिर्जना हुन लागिरहेको छ । देश अन्यौल र अराजकताको भुँवरीमा धकेलिइरहेको छ र प्रतिगमनको बाछिटा पर्न लागेको छ । यसले के प्रष्ट पारिरहेको छ भने यो कम्युनिष्ट पार्टी होइन -प्रतिक्रियावादमा पतन भैसकेको शक्ति हो । यसले देशको स्वधीनताको रक्षा र जनताको सम्बृद्धिको चाहना पुरा गर्न सक्दैन भनेर पार्टीले निकालेको निश्कर्ष सही रहेछ भन्ने कुरा पनि आम जनतामा यसका क्रियाकलापले उजागर गरिरहेको बैठकले मूल्यांकन गरेको छ ।

४.  देशमा ब्याप्त भ्रष्टाचार र कमिशनखोरीले देश र जनताको बजेट हिनामिना मात्र भइरहेको छैन, बिकास निर्माणका कामहरु पनि बढी खर्चिलो र मागी खाने भाँडो भएको मूल्यांकन गर्दै बैठकले भ्रष्टाचार बिरुद्धको सघर्षलाईआन्दोलनको मुख्य मुद्दा बनाई सशक्त आन्दोलनमा उत्रिन आम सचेत नागरिकहरुलाई पार्टीले आग्रह गरेको छ ।

५.  सत्तासीनहरुका अकर्मण्यताले देश आन्तरिक रुपमा  यस्तो नाजकु स्थितिमा रहेको बेला नेपालमा बाह्य शक्तिहरुको चलखेल बढेको छ र नेपाल बाह्य शक्तिकेन्द्रहरुकोे परेड मैदान बन्ने खतरा अझै बढेको छ । राष्ट्रिय स्वधीनताको रक्षाको प्रश्न अत्यन्त पेचिलो बन्दै गईरहेको छ । त्यसैले बैठकले देशको स्वधीनताको विरुद्ध भारतसंग भएका सवै प्रकारका असमान सन्धिहरु खारेज गर्न, भारतले अतिक्रमण गरेको नेपाली भूभाग फिर्ता गर्न र अमेरिकी इन्डो प्यासिफिक रणनीति अन्तर्गत आएको एमसीसी (MCC) परियोजना खारेज गर्ने संघर्षलाई अझै उचाईमा उठाउन सवै देशभक्त नेपालीहरुलाई वैठकले पुनः जोडदार रुपमा आह्वान गरेको छ ।

६.. बिश्वब्यापी महामारी कोरोना भाइरसको रोकथाम, उपचारमा सरकारले शुरुदेखि नै देखाएको उदासीनता, लापरबाही र भ्रष्ट प्रबृत्तिप्रति बिरोध गर्दै यस सम्बन्धी सम्पूर्ण हिसाब किताको श्वेतपत्र जारी गर, कोरोनाका कारणले बेरोजगार बनेका सम्पूर्ण मजदुर र किसानहरुलाई कम्तिमा आगामी एक बर्षसम्मका लागि खाद्य सामाग्री लगायत जीवनयापनको लागि आवश्यक वस्तुको उचित ब्यबस्था गर , कोरोना लगायत सबै प्रकारका बिमारी भएका असक्त जनताको निःशुल्क उपचारको ब्यबस्था गर र बिमारीलाई नाफा कमाउने बस्तुको रुपमा ब्यवहार गर्ने अस्पतालहरुलाई कारबाही गर भन्नेे जोडदार माग बैठकले गरेको छ ।

७.  देशमा बढ्दो यौनहिसा , वालिका ,महिला तथा दलितहरु माथिको उत्पीडन दमनप्रति र खासगरी पछिल्लो पटक महोत्तरीको बर्दिबासमा भएको वालिका गुलाबसा खातुनको बलात्कार र हत्याप्रति बैठकले गम्भिर
चिन्ता ब्यक्त गर्दै यस्ता यौन पिपासु हत्यारालाई कडा कारबाी गर्न, तिनका बिरुद्धको न्यायिक आन्दोलनलाई दमन नगर्न तथा पीडित परिवारलाई पर्याप्त क्षतिपूर्ति दिन पनि सरकारसँग बेठकले जोडदार माग गरेको छ ।

८.  सरकारले लागू गरेको भनिएको धानको समर्थन मूल्य किसानहरुले नपाएको र त्योभन्दा धेरै न्यूून मूल्यमा कृषि उपज बेच्न किसान बाध्य भइरहेको, उखु किसानले अझै पनि उखुको मूल्य नपाइरहेको सन्दर्भमा तत्काल सरकारले तोकेको समर्थन मूल्य ठोस रुपमा लागू गराउन र उखु उत्पादक किसानहरुको हर्जाना र ब्याज सहित तत्काल अशुल उपर गराउन पनि बैठकले पुन जोडदार माग गरेको छ ।

९.  हाल सालै केही प्रतिगामी तत्वहरुवाट गणतन्त्र, धर्मनिरपेक्षता तथा संघीयताका विरुद्ध भइरहेका गतिविधिहरुले बैठकको ध्यान गम्भिर रुपमा आकर्षण गरेको छ । यस्ता प्रतिगामी हर्कतमा सरकारको मौनता प्रति पार्टीको यो बैठकले खेद प्रकट गरेको छ । नेपालको कम्युनिष्ट आन्दोलनले गणतन्त्र स्थापनाको निम्ति झण्डै सात दशकदेखि संघर्ष गर्दै आइरहेको र हजारौ सपुतहरुले यसको निम्ति गरेको बलिदानलाई स्मरण गर्दै वैठकले जनताको बलिदानलाई कमजोर नठान्न र गणतन्त्रको रक्षाको निम्ति जनतालाई बल प्रगोगको बाटोमा लाग्न बाध्य नपार्न प्रतिगामी तत्वहरुलाई सचेत गराउने समेत निर्णय गरेको छ ।

१०. बैठकले पार्टीको कोरोनाको कारण रोकिएको राष्ट्रिय सम्मेलन , बागमती प्रदेश समितिको जिम्वेवारी र अनेवियूको सम्मेलन आयोजक समितिमा परिवर्तन र मार्क्सवादीसंग भएको एकतापछि बाकी रहेको जनवर्गीय संगठनहरुको एकताको काम यथाशीघ्र टुङ्याउने सम्न्धबमा पनि केही ठोस निर्णयहरु गरेको छ ।

 

– क. ऋषिराम कट्टेल ,संयोजक , नेपाल कम्युनिष्ट पार्टी

 

 

 

 

 

 

Leave a Reply