नेचुरल साकोसको १२औं वार्षिक साधारणसभा सम्पन्न , शर्मिला अमात्य अध्यक्षमा पुन: निर्विरोध चयन

0 Shares

काठमाडौंको जोरपाटीमा मुख्य कार्यालय तथा कालीमाटी , साँखु , काँडाघारी र नयाँ बजारमा सदस्य सेवाकेन्द्र सञ्चालन गरिरहेको नेचुरल बचत तथा ऋण सहकारी संस्था लि.को १२औं वार्षिक साधारणसभा २०७७ मंसीर १४ देखि २० गतेसम्म सोही संस्थाकी अध्यक्ष शर्मिला अमात्यको अध्यक्षतामा सम्पन्न भयो । सहकारी विभागको निर्देशन पालना गरी सम्पन्न उक्त साधारणसभाले सो संस्थाको वार्षिक प्रतिवेदन , लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन र आर्थिक प्रतिवेदन छलफल गरी पारित गरेको थियो ।

साधारणसभाले ४ वर्षे कार्यकाल रहने गरी पुन: शर्मिला अमात्यको अध्यक्षतामा सञ्चालक समिति निर्विरोध चयन गरेको छ । सो सञ्चालक समितिको उपाध्यक्ष्मा तिलकबहादुर कार्की, सचिवमा विकल्प पाठक र कोषाध्यक्षमा कृष्णप्रसाद नेपाल तथा सदस्यमा भीम गुरुङ्ग , पार्वती मानन्धर र सुरज श्रेष्ठ हुनुहुन्छ भर्ने  लेखा सुपरीवेक्षण समितिको संयोजकमा अच्यूतम काफ्ले तथा सदस्यमा गंगाकुमारी अधिकारी र श्रीधर पाठक चयन हुनु भएको त्यसै संस्थाको निर्वाचन समितिले जनाएको छ । राष्ट्रिय सहकारी महासंघ लि.नेपालका अध्यक्ष मिनराज कँडेल लगायतले सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई ज्ञापन गर्दै कार्यकाल सफलताको  शुभ-कामना व्यक्त गर्नु भएको थियो । सो सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले यही मंसीर २० गतेबाटै आफ्नो पदीय जिम्मेवारी शुरु गर्नु भएको उक्त संस्थाले जनाएको छ ।

ई–बैंकिङ र नेचुरल स्मार्ट एप मार्फत सदस्यहरुले घरमै बसेर आफ्नो खातामा रहेको व्यालेन्सको जानकारी लिन , व्यालेन्स ट्रान्सफर गर्न , स्टेटमेण्ट हेर्न , अन्तर-बैंक रकम ट्रान्सफर गर्न , वालेट लोड र लोनको जानकारी लिन , खानेपानी , टेलिफोन र इन्टरनेटको विल भुक्तानी तथा मोवाइल र टीभी रिचार्ज गर्न सकिने लगायतका सुविधा उपलब्ध गरेको सो सस्थामा आर्थिक वर्ष २०७६/०७७ मा सेयर पूँजी रु. ११,१४,००,००० , निक्षेप संकलन रु.१,३१,०५ ,००,००० , ऋण प्रवाह  रु.१, ४२,७२,००,०००  , कूल आम्दानी रु.२४,३०,००,००० र खुद नाफा रु. २,७१,००,००० रहेको त्यसै साधारणसभाबाट पारित प्रतिवेदनमा उल्लेख छ ।

 

 

Leave a Reply