कास्कूनको आयोजनामा ऋण परामर्श तालिम सम्पन्न

0 Shares

 काठमाडौं बचत तथा ऋण सहकारी संघ लि.(कास्कून) को आयोजनामा काठमाडौंको चावहिलस्थित नेफ्स्कून तालिम केन्द्रको हलमा २०७७ मंसीर १७ गते १ दिवसीय ऋण परामर्श तालिम सम्पन्न भयो  । तालिममा काठमाडौं जिल्ला भित्रका २२ वटा साकोसका २४ जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सो तालिम समापन कार्यक्रम कास्कूनका सचिव शालिकराम पुडासैनीको प्रमुख आतिथ्यता र कास्कूनकै सञ्चालक एवम् तालिम तथा शिक्षा उप-समितिका संयोजक पुरुषोत्तम नेपालको अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त अवसरमा प्रमुख अतिथि पुडाशैनीले कास्कूनले आयोजना गर्ने यस्ता तालिमहरु संस्थाको दिगो विकासका लागि अपरिहार्य रहेको भन्दै तपाईहरुले तालिमबाट प्राप्त गरेको ज्ञान र सीप आफ्नो संस्थाको सृदृढीकरणका लागि सदुपयोग गर्न र संस्थामा अन्य सहपाठीहरुलाई सिकाउन सक्नुहुनेछ भन्ने विश्वास लिइएको बताउनुभयो । सोही कार्यक्रमका अध्यक्ष नेपालले तालिममा सहभागीहरुलाई संस्थाको एक मात्र आय स्रोत तथा सदस्यहरुको वित्तीय समाधानको औजार ऋण सम्बन्धमा  यस तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उर्तान प्रेरित गर्दै नगदमा खरीद गरेर उधारोमा लगानी गर्ने विषय सरल नभएकोले सदस्यहरुको सम्पूर्ण पक्षको विस्लेषण गर्न सक्ने क्षमता संस्थामा हुुनुपर्ने विचार व्यक्त गर्नुभयो । कास्कूनका व्यवस्थापक अरुणकुमार तिवारीको सञ्चालनमा भएको सो तालिमको सोही संघका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद आचार्यले सहजीकरण गर्नु भएको थियो । तालिममा सहभागीहरुलाई कास्कूनका सचिव पुडासैनी, सञ्चालक नेपाल र प्रमुख कार्यकारी आधिकृत  आचार्यले धन्यवाद ज्ञापन गर्दै संयुक्त रुपमा प्रमाण-पत्र प्रदान गर्नुभएको थियो ।

Leave a Reply