लोकेश्वर साकोसले ग-यो कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि भक्तपुर नगरपालिकालाई रु.५०,५५५ सहयोग

0 Shares

भक्तपुर नगरपालिका-२, इताछेमा रहेको लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.ले विश्वभर महामारी रुपमा फैलिएको कोभिड-१९ नियन्त्रण तथा रोकथामको लागि २०७७ मंसीर २१ गते भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति मार्फत सोही नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा रु.५०,५५५ आर्थिक सहयोग गरेको छ । उक्त सहयोग रकम ग्रहण गर्दै मेयर प्रजापतिले कोभिड- १९ रोकथाम र नियन्त्रणको लागि भक्तपुर नगरपालिकालाई आर्थिक सहयोग गरेकोमा सो संस्थालाई धन्यवाद ज्ञापन गर्नुभयो । सोही अवसरमा उहाँले भक्तपुर नगरपालिकाद्वारा प्रकाशित ‘फोटो पुस्तक’ र केही प्रकाशनहरु उपहारस्वरुप: त्यस संस्थालाई प्रदान गर्नुभएको थियो ।

Leave a Reply