उद्यम विकास साकोस ,पनौतीको १३औं वार्षिक साधारणसभा चल्दै

0 Shares

काभ्रेपलाञ्चोकको पनौतीमा रहेको उद्यम विकास बचत तथा ऋण सहकारी संस्था लि.को १३औं वार्षिक साधारणसभा २०७७ मंसीर २० गतेदेखि सहकारी विभागको निर्देशन पालना गरी सञ्चालन भइरहेको छ । सोही संस्थाका अध्यक्ष रोशनकुमार श्रेष्ठको अध्यक्षतामा जारी उक्त साधारणसभाको पनौती नगरपालिकाका सहकारी शाखा प्रमुख इन्द्रप्रसाद अधिकारीले उद्घाटन गर्दै ‘पनौती नगरपालिकाले समाजको समृद्धिमा सहयोग गरिरहेको सहकारी क्षेत्रको विकास र प्रवर्द्धन हुने गरी कार्यक्रम बनाएर अगाडि बढी रहेको छ’ भन्नुभयो । उहाँले  यस उद्यम विकास साकोसको प्रतिवेदनमा उल्लेखित सुचाङ्क हेर्दा कोरोना महामारीको भयाबह अवस्थामा पनि यो संस्था राम्रोसँग अगाडि बढेको देखिएको बताउनुभयो । त्यसै संस्थाका व्यवस्थापक उत्तम श्रेष्ठले संयोजन गरिरहनु भएको सो साधारणसभामा स्थानीय समुदायमा आधारित भएर सञ्चालन भइरहेको त्यस संस्थाको वार्षिक प्रतिवेदन , लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन र आर्थिक प्रतिवेदन पेश गरिएको छ । साधारणसभा २०७७ मंसीर २७ गते सम्पन्न हुने सो संस्थाको भनाई छ ‌

Leave a Reply