राष्ट्रिय सहकारी बैंक लिमिटेडद्वारा उत्कृष्ट तथा नियमित कारोबार गर्ने सहकारी संस्थाहरुरु पुरस्कृत हुने क्रम चल्दै

राष्ट्रिय सहकारी बैंक लि.ले आफ्ना सदस्य सहकारी संस्थाहरुलाई आफ्नो विभिन्न शाखा कार्यालयहरु मार्फ़त उत्कृष्ट कारोबार र नियमित कारोबार गर्ने विधामा पुरस्कृत गरेको जनाएको छ | सो बैंकले केन्द्रीय स्तर, प्रदेश स्तर र शाखा स्तरमा उत्कृष्ट कारोबार गर्ने संस्थाहरुलाई पुरस्कृत गर्दै आएको छ । १६ औ वार्षिक साधारणसभामा शाखास्तरीय पुरस्कारका लागि छनोट भएका संस्थालाई कोरोना संक्रमणका कारण ढिला पुरस्कृत गरिएको बताइएको छ । आर्थिक वर्ष २०७५/०७६ मा उक्त बैंकको बागमती प्रदेश शाखा कार्यालय अन्तर्गत उत्कृष्ट कारोबार गर्ने र नियमित कारोबार गर्ने निम्न सहकारी संस्थाहरुलाई विभिन्न समयमा शाखा मार्फ़त विभिन्न कार्यक्रमहरुका बीच पुरस्कृत गरिएको छ ।
शाखा कार्यालय चाबहिल
उत्कृष्ट कारोवार गर्ने विधामा पुरस्कार प्राप्त गर्ने सहकारी संस्थाको नाम: श्री शिवम् बचत तथा ऋण सहकारी संस्था लिमिटेड , चाबहिल
नियमित कारोवार गर्ने विधामा पुरस्कार प्राप्त गर्ने सहकारी संस्थाको नाम: श्री नवरस बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चाबहिल
शाखा कार्यालय लगनखेल
उत्कृष्ट कारोवार गर्ने विधामा पुरस्कार प्राप्त गर्ने सहकारी संस्थाको नाम: श्री पञ्चशील बहुउद्देशीय सहकारी संस्था लिमिटेड
नियमित कारोवार गर्ने विधामा पुरस्कार प्राप्त गर्ने सहकारी संस्थाको नाम: श्री हाम्रो थैली बचत तथा ऋण सहकारी संस्था लिमिटेड (हाल हाम्रो बचत तथा ऋण सहकारी संस्था लि.), ललितपुर
शाखा कार्यालय चापागाऊ
उत्कृष्ट कारोवार गर्ने विधामा पुरस्कार प्राप्त गर्ने सहकारी संस्थाको नाम: श्री प्राकृतिक कृषि सहकारी संस्था लिमिटेड (हाल प्राकृतिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड), ललितपुर
नियमित कारोवार गर्ने विधामा पुरस्कार प्राप्त गर्ने सहकारी संस्थाको नाम: श्री मार्गदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, ललितपुर
शाखा कार्यालय थिमी
उत्कृष्ट कारोवार गर्ने विधामा पुरस्कार प्राप्त गर्ने सहकारी संस्थाको नाम: श्री चमेरो बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बालकोट , भक्तपुर
नियमित कारोवार गर्ने विधामा पुरस्कार प्राप्त गर्ने सहकारी संस्थाको नाम: श्री अभ्युदय बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बालकोट , भक्तपुर
शाखा कार्यालय सिन्धुली
१) उत्कृष्ट कारोवार गर्ने विधामा पुरस्कार प्राप्त गर्ने सहकारी संस्थाको नाम: श्री मिलिजुली बचत तथा ऋण सहकारी संस्था लि. सिन्धुली
२) नियमित कारोवार गर्ने विधामा पुरस्कार प्राप्त गर्ने सहकारी संस्थाको नाम: श्री समय बचत तथा ऋण सहकारी संस्था लि. , सिन्धुली
शाखा कार्यालय भरतपुर
१) उत्कृष्ट कारोवार गर्ने विधामा पुरस्कार प्राप्त गर्ने सहकारी संस्थाको नाम: श्री यूनिक बचत तथा ऋण सहकारी संस्था लि., चितवन
२) नियमित कारोवार गर्ने विधामा पुरस्कार प्राप्त गर्ने सहकारी संस्थाको नाम: श्री फेन्सी बचत तथा ऋण सहकारी संस्था लि. , चितवन