सगरमाथाको उचाई ८,८४८.८६ मीटर

0 Shares

विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई ८,८४८ मीटर ८६ सेन्टिमीटर रहेको तथ्य मंगलबार परराष्ट मन्त्री प्रदीप ज्ञवाली र चिनीया विदेश मन्त्री वाङ्ग यीले भर्चुअल माध्यमबाट नेपाल र चीनबाठ एकै साथ सार्वजनिक गर्नु भयो । नेपाली र चिनीया सर्भेयरहरुले छुट्टा छुट्टै मापन गरेको सर्भेयर रिपोर्टलाई प्राविधिकहरुले अन्तिम रुप दिएका थिए र त्यसलाई यही मंसीर १० गते नेपाल सरकार , मन्त्रीपरिषदले पारित गरेको बताइएको छ ।

विगत २ वर्षदेखि नेपालको नापी विभागको टोलीले पहिलो पटक सगरमाथाको उचाई मापन गरिरहेका थियो । ‌नेपाली भाषामा सगरमाथा र चिनीया भाषामा झ्यामोलिङ्मा भनिने सगरमाथा सन १९४९ मा जर्ज एभरेस्टले पहिलो पटक सगरमाथाको ऊचाई मापन गरेका थिए । उनैको नामबाट अंग्रेजी भाषामा सगरमाथाको नाम माउण्ट एभरेष्ठ राखिएको थियौ ।

 

Leave a Reply