सुवर्णपुर बहुउद्देश्यीय सहकारी संस्था लि.को अध्यक्षमा पुन: दीपेन्द्र रमण डंगोल

0 Shares

ललितपुर महानगरपालिका-१४, चापागाउँ दोबाटोचोकमा रहेको सुवर्णपुर बहुउद्देश्यीय सहकारी संस्था लि.को चौथो बार्षिक साधारणसभा २०७७ मंसीर २० गतेदेखि  जारी छ । सहकारी विभागको निर्देशन पालना गरी सञ्चालन भइरहेको सो साधारणसभा २०७७ मंसीर २५ गते समापन हुने बताइएको छ । सोही संस्थाका अध्यक्ष दीपेन्द्र रमण डंगोलको अध्यक्षतामा जारी उक्त साधारणसभाको २०७७ मंसीर २० गते बागमती प्रदेश सहकारी संघ लि.का वरिष्ठ उपाध्यक्ष जगत लाल महर्जनले उद्घाटन गर्नुभयो  ।

त्यस अवसरमा उद्घाटन मन्तव्य व्यक्त गर्दै उहाँले बागमती प्रदेश सहकारी संघ लि.ले बागमती प्रदेश भित्रका सहकारी संघ/संस्थाहरुलाई नीति , विधि , प्रविधि र सुशासनयुक्त  सञ्चालनको लागि आवश्यक सहयोग गर्ने बताउनुभयो । उहाँले यस साधारणसभामा प्रस्तुत भएको  सुवर्णपुर बहुउद्देश्यीय सहकारी संस्था लि.को प्रतिवेदनमा उल्लेखित सुचाङ्कले यो संस्था राम्रोसँग अगाडि बढिरहेको देख्ता खुशी लागेको बताउनुभयो ‌। त्यस सभाको अध्यक्षता गर्दै सोही संस्थाका अध्यक्ष डंगोलले ‘हाम्रो यस संस्थाका शेयर सदस्यज्यूहरुको सहयोग र कर्मचारीहरु मित्रहरुको सहयोगले गर्दा कोरोना महामारीको भयाबह अवस्थामा पनि हाम्रो यो संस्था प्रगतिपथमा अगाडि बढ्न सकेको छ । यसकालागि  सबैमा कृतज्ञता व्यक्त गर्दछुुुु’ भन्नुभयो । उहाँले यस संस्थाले आफ्नो उद्देश्य अनुरुपको बहुउद्देश्यीय कार्य गर्ने बारेमा अध्ययन गरिरहेको बताउनुभयो ।

सोही संस्थाका लेखा सुपरीवेक्षण समिति संयोजक सुनिता खड्काले स्वागत मन्तव्य र शेयर सदस्य गीता श्रेष्ठले सञ्चालन गर्नु भएको त्यस सभामा सो संस्थाको वार्षिक प्रतिवेदन , आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गरिएको थियो ‌। ती प्रतिवेदनमा आर्थिक वर्ष २०७६/०७७ मा त्यस संस्थामा शेयर सदस्य संख्या ७४४ , शेयर पूँजी रु.१ करोड १३ लाख , निक्षेप संकलन रु.४ करोड १२ लाख , कर्जा लगानी रु.३ करोड ७२ लाख , मुनाफा १३ लाख र कुल कारोवार रु.९ करोड ३९ लाख रहेको उल्लेख छ । सोही सभामा ललितपुर जिल्लाको सहकारी अभियानमा समेत सक्रिय बागमती प्रदेश सहकारी संघ लि. का अध्यक्ष रामशरण शर्मा घिमिरे , वरिष्ठ उपाध्यक्ष जगत लाल महर्जन , सञ्चालक सदस्य अम्बिकाकुमारी थापा र बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.का सञ्चालक सदस्य इन्द्र घिमिरेलाई त्यसै सभाका अध्यक्ष दीपेन्द्र रमण डंगोलले सम्मान गर्नु भएको थियो ।  

सो सभामा सोही संस्थाको पुन: दीपेन्द्र रमण डंगोलको अध्यक्षतामा  सञ्चालक समिति र सुनिता खड्काको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति निर्विरोध चयन भएको घोषणा गरिएको थियो । ४ वर्षे कार्यकाल रहने गरी चयन भएको उक्त सञ्चालक समितिको उपाध्यक्षमा रामगोपाल महर्जन , सचिवमा सुशन महर्जन र कोषाध्यक्षमा सिद्धिबहादुर महर्जन तथा सदस्यमा अनिषा तामाङ्ग , धर्म महर्जन र सम्झना महर्जन एवं लेखा सुपरीवेक्षण समितिको सदस्यमा रमेश महर्जन र दुर्गाकुमारी महर्जन हुनुहुन्छ ‌। सो संस्थाको सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई तरकारी तथा फलफुल सहकारी संघ लि., ललितपुरका अध्यक्ष ऋषिदेव फुयाँलले प्रमाण-पत्र प्रदान गर्नु भएको थियो ।

Leave a Reply