करुणा साकोस , ताल्छिखेलको १२औं वार्षिक साधारणसभा सम्पन्न , कूल कारोवार रु.२३,९९,७१,०७७

0 Shares

ललितपुर महानगरपालिका-१४, ताल्छिखेल-ज्ञानचोकमा रहेको करुणा बचत तथा ऋण सहकारी संस्था लि.को १२औं वार्षिक साधारणसभा २०७७ मंसीर १३ देखि १५ गतेसम्म सोही संस्थाका अध्यक्ष कृष्णप्रसाद बास्तोलाको अध्यक्षतामा सम्पन्न भयो । सहकारी विभागको निर्देशन पालना गरी सम्पन्न उक्त साधारणसभाको त्यसै संस्थाका जेष्ठ शेयर सदस्य अर्जुनबहादुर खड्काले उद्घाटन गर्नु भएको थियो । त्यस संस्थाका सचिव रमेश के.सी.ले सञ्चालन र लेखा सुपरीवेक्षण समिति सदस्य रामहरि पोखरेलले स्वागत मन्तव्य व्यक्त गर्नु भएको सोही सभामा उक्त संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै सो सभाका अध्यक्ष बास्तोलाले ‘ म को साटो हामी र मेरो को साटो हाम्रो’ को ‘ सबैका लागि एक र एकका लागि सबै’ भन्ने सहकारीको मूल सिद्धान्तलाई आत्मसाथ गरी अगाडि बढिरहेको हाम्रो यस करुणा बचत तथा ऋण सहकारी संस्था लि. स्थापनाको छोटो समयमा नै निकै सफल र सदस्यहरु वीच लोकप्रिय संस्था बन्न सफल भएको कुरा यहाँहरुलाई अवगत नै छ भन्दै “आत्मनिर्भर , स्वावलम्वी , विशिष्ट पहिचान ! आर्थिक रुपान्तरणको लागि सहकारी अभियान !!” भन्ने मुल नारा र विशिष्ट पहिचान लिएर अगाडि बढेकोो  हाम्रो यो संस्थाले  बेरोजगारी समस्यालाई केही मात्रामा नै भएपनि न्युनिकरण गरी युवा जनशक्तिलाई दक्ष र रोजगारमुखी अभियानमा सामेल गराउने उद्देश्य लिएको बताउनुभयो ‌। उहाँले ६० जना शेयर सदस्यबाट स्थापना भएको हाम्रो यो यो संस्था १२औं वर्षमा आईपुग्दा यसका शेयर सदस्य संख्या १,४४९ पुगेको र २०८० सम्ममा ५,,००० भन्दा बढी शेयर सदस्य पु-याउने लक्ष्य लिएको बताउदै आर्थिक वर्ष २०७६/०७७ यस संस्थामा शेयर पूँजी रु.१,६१,६२,१०० , बचत संकलन रु.१७,०६,५३,९०८ , कर्जा लगानी तथा सापटी रु.२०,६४,८२,८४५ र कूल कारोवार रु.२३,९९,७१,०७७ रहेको छ भन्नुभयो ‌। सो सभामा सोही संस्थाकी कोषाध्यक्ष कमला बरालले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक जसबहादुर राईले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नु भएको थियो । त्यसै संस्थाका प्रमुख कार्यकारी अधिकृत शिवबहादुर श्रेष्ठले संयोजन गर्नु भएको उक्त साधारणसभाले ती प्रतिवेदनहरु छलफल गरी पारित गरेको थियो ‌।

 

 

 

Leave a Reply