उपासना महिला साकोसको ११औं वार्षिक साधारणसभा सम्पन्न , अध्यक्षमा पुन: अमरावती

उपासना महिला बचत तथा ऋण सहकारी संस्था लि., काठमाडौंको ११ औं वार्षिक साधारणसभा २०७७ मंसीर १९ देखि २६ गतेसम्म सोही संस्थाकी अध्यक्ष अमरावती महर्जन बलामीको अध्यक्षता तथा राष्ट्रिय सहकारी विकास बोर्डका सह-अध्यक्ष दक्ष पौडेल सुवाष’ को प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।
सहकारी विभागको निर्देशन पालना गरी सम्पन्न साधारणसभाले अमरावती महर्जन बलामीको अध्यक्षतामा सञ्चालक समिति , मैया चापागाईँको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति र आरती चित्रकारको संयोजकत्वमा शिक्षा उप-समिति निर्विरोध चयन ग-यो । सो सञ्चालक समितिको उपाध्यक्षमा सरिता थापा खड्का, सचिवमा राखी खनाल र कोषाध्यक्षमा तुलशा खड्का तथा सदस्यमा उर्वशी रेग्मी पाण्डे , पवित्रा के.सी. र रामप्यारी श्रेठ हुनुहुन्छ भने लेखा सुपरीवेक्षण समितिको सदस्यमा सावित्री कुँवर र शोभा लामा एवं शिक्षा उप-समितिको सदस्यमा अम्बिका कँडेल र अर्चना मानन्धर चयन हुनु भयो ।
सञ्चालक समिति , लेखा सुपरीवेक्षण समिति तथा शिक्षा उप- समितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई ज्ञापन गर्दे प्रमुख अतिथि पौडेलले सहकारी संस्थाले सहकारीको सिद्धान्त , नीति , विधि , प्रविधि र सुशासनमा आधारित रहेर आफ्ना शेयर सदस्यहरुको जीवनस्तर उठाउन सहयोग पुग्ने गरी काम गर्नु पर्ने बताउनुभयो । सोही संस्थाकी नवनिरवाचित अध्यक्ष महर्जनले यस संस्थाका शेयर सदस्य ज्यूहरुको रचनात्मक सहयोग र कर्मचारीहरुको लगनशीलताले यो संस्था निरन्तर प्रगतिपथमा अगाडि बढेको बताउदै यसले आगामी दिनमा पनि आफ्ना शेयर सदस्य ज्यूहरुको भावना अनुरुप कार्य गर्ने बताउनुभयो ।
साधारणसभाले उक्त संस्थाको वार्षिक प्रतिवेदन , आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन छलफल गरी पारित गरेको थियो । त्यस अवसरमा उत्कृष्ट ऋणी सदस्य लक्ष्मीमाया बस्नेत, उत्कृष्ट बचतकर्ता सदस्य संगीता कँडेल , उत्कृष्ट समूह कोतादेवी महिला समूह, उत्कृष्ट कर्मचारी सावित्री खनाल तथा दम्पतीमा कान्छामान तामाङ र मसली तामाङ सम्मानित हुनुभएको छ । यसैगरी सगरमाथा डेण्डल केयर, एडोरेशन स्कूल, तुलसी थापा मगर, नयन सापकोटा, स्वयम्भु भगवान कानूनी सेवालय र अच्युतप्रसाद भट्टराईलाई उपासना सम्मान-२०७७ बाट सम्मान गरिएको थियो ।