पोखरा रोयल साकोस , पोखराको आ.व. २०७६/०७७ मा कूल कारोवार रु.१ अर्व ८३ करोड

कास्कीको पोखरा महानगरपालिका-१०, बुद्धचोकमा मुख्य कार्यालय तथा कास्कीको भण्डारढिक र मोहोरिया एवं तनहुँको दुलेगौंडामा सदस्य सेवाकेन्द्र सञ्चालन गरिरहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९औ वार्षिक साधारणसभा सोही संस्थाका अध्यक्ष मेजर तुुुुलशीप्रसाद गुरुङको अध्यक्षता तथा गण्डकी प्रदेश , भूमि व्यवस्था , कृषि तथा सहकारी मन्त्रालयका रजिष्टार प्रेमप्रसाद ढकालको प्रमुख आतिथ्यतामा २०७७ मंसीर १३ देखि २७ गतेसम्म मुख्य कार्यालयका अतिरिक्त ३ वटै सदस्य सेवाकेन्द्रमा सम्पन्न भयो ।
कोभिड-१९ को महामारीका कारण गण्डकी प्रदेश सहकारी विभागले जारी गरेको मापदण्ड पालना गरी सम्पन्न साधारणसभाको शनिवार भएको समापन कार्यक्रममा प्रमुख आतिथि ढकालले पोखरा रोयल साकोसको प्रतिवेदनमा उल्लेख भएको सूचाङ्क हेर्दा यो संस्था राम्रोसँग अगाडि बढेको र यसले सहकारी ऐन र नियमावलीमा व्यवस्था भएको प्रावधान अनुसार कोषहरुको व्यवस्थापन गरेको प्रत्यक्ष रुपमा देखिएको भन्दै अरु संस्थाले पनि यसले गरेको कार्यहरुलाई अनुशरण गर्दा सहकारी अभियानलाई राम्रो हुने बताउनुभयो । उक्त कार्यक्रमको अध्यक्षता गर्दै सोही संस्थाका अध्यक्ष मेजर तुलसीप्रसाद गुरुङले यस संस्थाका सदस्यहरुको साथ सहयोग एवं कर्मचारीहरुको मेहनतका कारण हाम्रो यो संस्था कोरोना-१९ को महामारीको भयाबह अवस्थामा पनि प्रगतिपथमा अगाडि बढ्न सकेको बताउदै त्यसका लागि सबैमा धन्यवाद ज्ञापन गर्नुभयो । सोही संस्थाकी उपाध्यक्ष रुद्रकुमारी गुरुङ्ले स्वागत मन्तव्य र प्रवन्धक मिलन ढकालले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा त्यसै संस्थाका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङले संस्थाको कार्य योजना सहित विशेष प्रस्ताव पेश गर्नु थियो । सो प्रस्ताव साधारणसभाले सर्वसम्मतीले पारित गरेको थियो भने त्यसै संस्थाका सचिव क्याप्टेन चन्द्रप्रसाद गुरुङले सहभागीहरुको जिज्ञाशाको जवाफ दिनु भएको थियो ।
गण्डकी प्रदेश अन्तर्गत कास्की, स्याङ्गजा, लमजुङ्ग र तनहुँ जिल्लामा कार्यक्षेत्र रहेको सो संस्थामा ४२ जना कर्मचारी कार्यरत छन् भने त्यसमा २०७७ असार मसान्तसम्म रु.१ अर्व ८३ करोड कूल कारोवार रहेको र त्यस संस्थाले आफ्ना शेेेयरय सदस्यहरुलाई १०.५३ प्रतिशत लाभांश, संरक्षित पुँजी फिर्ता कोषबाट बचतमा प्राप्त गरेको व्याजमा ३.५० प्रतिशत र कर्जामा तिरेको व्याजको आधारमा ३.३० प्रतिशत प्रतिफल प्रदान गरिने उक्त संस्थाका प्रमुख कार्यकारी अधिकृत गुरुङको भनाई छ ।
त्यस संस्थाका कूल ७,५०१ जना शेयर सदस्य मध्ये ४,३२८ जना शेयर सदस्यहरुको सहभागिता रहेको सो साधारणसभाको समापन कार्यक्रममा उत्कृष्ट वर्ष कर्मचारी- २०७६ बाट सोही संस्थाको दुलेगौडा सेवाकेन्द्रका प्रमुख सरस्वती भुजेल, उत्कृष्ट वर्ष सदस्यबाट शेयर सदस्यद्वय किसनकुमार खनाल र सरस्वती बराल पौडेल, उत्कृष्ट वाल बचतकर्ता सम्मानबाट सोफिया गुरुङ, उत्कृष्ट लघुवित्त केन्द्र पुरस्कारबाट प्रथम , द्वितीय र तृतीय हुने पिपलथोक केन्द्र, लालीगुराँस केन्द्र र मेलमिलाप केन्द्रलाई सम्मान गरियो भने शेयर सदस्य राजकुमार अर्याललाई उत्कृष्ट सुझाबकर्ता सम्मानबाट सम्मानित गरिएको थियो ।