चालु आर्थिक वर्ष भित्रमा माई छिम्केश्वरी साकोस, आँबुखैरेनी , तनहुँको कूल कारोवार रु.२० करोड पु-याउने लक्ष्य छ

– ओम श्रेष्ठ , व्यवस्थापक , माई छिम्केश्वरी साकोस , आँबुखैरेनी , तनहुँ
तनहुँको आँबुखैरेनी गाउँपालिका-३, आँबुखैरेनीमा रहेको माई छिम्केश्वरी बचत तथा ऋण सहकारी संस्था लि.का व्यवस्थापक ओम श्रेष्ठले चालु आर्थिक वर्ष भित्र सो संस्थाको कूल कारोवार रु.२० करोड पु-याउने लक्ष्य रहेको बताउनु भएको छ । आँबुखैरेनी गाउँपालिकाबाट दर्ता प्रमाण-पत्र पाउने सहकारी संस्थाको सूचीमा १ नं. मा रहेको र छोटो समयमा यसले उल्लेखनीय प्रगति गरिरहेको देखिएको उहाँको भनाई छ । आफ्ना शेयर सदस्यहरुको मर्म र भावनालाई आत्मसात गर्दै अगाडि बढिरहेको त्यस संस्थाका व्यवस्थापक ओम श्रेष्ठसँग सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्कीले सोही संस्थाको गतिविधि लगायतका विषयमा केन्द्रित रहेर कुराकानी गर्नु भएको छ । जो यस प्रकार छ ।