गोरखा जिल्लामा राष्ट्रिय सहकारी बैंक लि.को शाखा नहुँदा सहकारी संस्थाहरुलाई समस्या परेको छ

– नवराज श्रेष्ठ , ब्यबस्थापक , भिमकुल साकोस , बोर्लाङ , गोरखा
गोरखाको भिमसेन थापा गाउँपालिका-७, बोर्लाङमा आफ्नै भवनमा मुख्य कार्यालय र आस्राङमा बचत काउण्टर
सञ्चालन गरिरहेको भिमकुल बचत तथा ऋण सहकारी संस्था लि.का ब्यबस्थापक नवराज श्रेष्ठले बोर्लाङमा जन्मिएका नेपालका प्रथम प्रधानमन्त्री भिमसेन थापा र बडामहाराज पृथ्वीनारायण शाहका ज्योतिष कुलनन्द उपाध्यायको नामबाट भिमकुल बचत तथा ऋण सहकारी संस्था लि.को नाम राखिएको बताउनु भएको छ ।
उहाँले गोरखा जिल्लामा राष्ट्रिय सहकारी बैंक लि.को शाखा नहुँदा सहकारी संस्थाहरुलाई समस्या परेको छ भन्नुभयो ।उहाँसँग सो संस्थाको गतिविधि लगायतका समसामयिक विषयमा सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्कीले कुराकानी गर्नु भएको छ । जो यस प्रकार छ ।