श्री सुन्दरबजार बहुउद्देश्यीय सहकारी संस्था लि. मार्ट लगायतका क्षेत्रमा थप लगानी गर्ने योजनामा छ

0 Shares

नेत्रबहादुर गुरुङ , प्रबन्धक , श्री सुन्दरबजार बहुउद्देश्यीय सहकारी संस्था लि., सुन्दरबजार , लमजुङ

 

 

लमजुङको सुन्दरबजार नगरपालिका- ७, सुन्दरबजारमा मुख्य कार्यिलय तथा सुन्दरबजार नगरपालिका–१, कुञ्छा र सोही नगरपालिका-७, पाउदीबजार एवं मध्यनेपाल नगरपालिका-४, सोतिपसल बजारमा सदस्य सेवाकेन्द्र सञ्चालन गरिरहेको श्री सुन्दरबजार बहुउद्देश्यीय सहकारी संस्था लि. मार्ट लगायतका क्षेत्रमा थप लगानी गर्ने योजनामा रहेको सोही संस्थाका प्रबन्धक नेत्रबहादुर गुरुङले बताउनुभयो ।

सहकारी विभागको निर्देशन पालना गरी २०७७ पुस ११ गते नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि.का अध्यक्ष सुरेन्द्र भण्डारीको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम गर्ने गरी सो संस्थाले आफ्नो ११औं वार्षिक साधारणसभाको कार्यक्रम सञ्चालन गरिरहेको छ । त्यस साधारणसभा सोही संस्थाका अध्यक्ष गोविन्दबहादुर गुरुङले वार्षिक प्रतिवेदन , सचिव खोजबहादुर गुरुङले प्रगति प्रतिवेदन, सुबेदार रनबहादुर घलेले आर्थिक प्रतिवेदन र क्याप्टेन पूर्णबहादुर घलेले लेखा सुपरीवैक्षण समितिको प्रतिवैदन पेश गर्नु भएको छ । ती प्रतिवेदनहरु अध्ययनका लागि शेयर सदस्यहरुलाई वितरण गर्नुका साथै प्रतिवेदन उपर छलफल गर्ने कार्य भइरहेको बताइएको छ।

यही पुस ९ र १० गते प्रतिवेदनहरु उपर शेयर सदस्यहरुबाट सुझाव संकलन गर्ने कार्यक्रम रहेको त्यसै संस्थाका प्रबन्धक गुरुङले सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्की सँगको कुराकानीमा बताउनुभयो । प्रबन्धक गुरुङसँग गरिएको कुराकानी यस प्रकार छ ।

 

 

Leave a Reply