भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को१६औं वार्षिक साधारणसभाको दोस्रो विस्तारित बैठक सम्पन्न
भक्तपुर जिल्ल्ला बचत तथा ऋण सहकारी संघ लि.को १६औं वार्षिक साधारणसभा सहकारी विभागले जारी गरेको साधारणसभा सम्बन्धी सूचना तथा महामारीमा साधारणसभा सञ्चालन कार्यविधि–२०७७ बमोजिम मिति २००७ पुष ३ गते देखि पुष ११ गते सम्पन्नको अवधि तोकेर साधारणसभा सञ्चालन भइरहेको छ । मिति २०७७ पुष ११ गते सहकारी विभागका रजिष्ट्रार डा.टोकराज पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न गर्ने गरी तय गरिएको साधारणसभाको विस्तारित बैठकको दोस्रो दिन साधारणसभाको बारेमा जानकारी तथा प्रस्तावित विषयमा छलफल तथा राय सुझाव संकलन गर्ने उद्देश्यले मध्यपुर थिमि नगरपालिका र सूर्यविनायक नगरपालिकामा अवस्थित संघमा आबद्ध सदस्य संस्थाहरुको २०७७ पुष ७ गते विस्तारित बैठक साधारणसभा व्यवस्थापन कार्यदलका संयोजक हरि बल्लको अध्यक्षतामा शंखधर पार्टी प्यालेस, शंखधरचोमा सम्पन्न भयो । त्यस अवसरमा सो संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले महामारी अवस्थामा सहकारी संघ/संस्थाको साधारणसभा सञ्चालन सम्बन्धमा राष्ट्रिय सहकारी महासंघ र नेफ्स्कूनमा गरेको पहलकदमीको स्मरण गर्नुहुँदै सोही बमोजिम नै सहकारी विभागबाट परिपत्र जारी भएको र अधिकांश सहकारी संस्थाहरुले उक्त निर्देशनको परिपालना गर्दे सहकारीको साधारणसभा सञ्चालन भइरहेको बताउनुभयो । उहाँले यसरी साधारणसभा सञ्चालन गर्दा सदस्यको अधिकारलाई कुन्थित नहुने गरीसवैको पहुँच हुन गरी र नियामक निकायको उपस्थितिमा सञ्चालन गर्नु पर्नेमा जोड दिनुहुदै कोभिड- १९ को कारण देशभर लकडाउन हुँदाको समयमा सहकारी संघ/संस्था सञ्चालनमा सहकारी विभागले गरेको पत्राचार सम्बन्धमा जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी संघ संस्थाको समस्या समाधाान गरेको कुरा स्मरण गर्नुभयो । लेखापरीक्षण नियुक्ति र स्थानीय निकायले संस्थालाई लगाएको कर सम्बन्धमा पनि स्थानीय निकायलाई ध्यानाकर्षण गराएको उहाँको भनाई थियो । सोही संघको सञ्चालक समितिको तर्फबाट आ.व. २०७६।०७७ को वार्षिक प्रगति प्रतिवेदन संघका व्यवस्थापक बालकृष्ण धोजुले पेश गर्नुभयो भने संघका कोषाध्यक्ष कान्छा भक्त घःजुले आ.व. २०७६।०७७ मा कूल वासलात रु.१ अर्व २ करोड ९९ लाख ६८ हजार र कुल नाफा रु.१ करोड ४४ लाख ४३ हजारकोे आर्थिक प्रगति प्रतिवेदन पेश गर्दै विशेष ऋण ९ प्रतिशतमा रु.१ करोड ५० पचास लाख र विना धित्तो ऋण रु. ६० लाख सम्म प्रदान गर्ने प्रस्ताव पेश गर्नु भयो । त्यसैगरी संघका लेखा सुपरिवेक्षण समितिका संयोजक बालमुकुन्द उपाध्यायले लेखा परीक्षण प्रतिवेदन पेश गर्नुहुँदै सदस्य संस्थाले बढी लागतका आवधिक बचत नगरी संघले प्रदान गरेका न्यून व्याजका ऋण सेवा उपभोग गरी संघ र संस्थाको सबलीकरणमा टेवा पु-याउनु अनुरोध गर्नुभयो ।त्यस्तै त्यस संघका उपाध्यक्ष हरि बल्लले बैठकमा उपस्थित प्रतिनिधिलाई धन्यवाद दिदैं संघले समुदायमा आधारित सहकारी संस्थाहरुलाई नियन्त्रण गर्नका लागि आएको ऐन, नियमावली र निर्देशनहरु संशोधनका लागि सक्रियता जनाउँदै आएको विचार व्यक्त गर्नुभयो । बैठकको सञ्चालन संघका व्यवस्थापक बालकृष्ण धोजुले गर्नु भएको थियो । बैठकमा ४८ जना प्रतिनिधिको उपस्थिति रहेको थियो ।





