चेतना साकोस, पोखरा-६,कास्कीको २०औं वार्षिक साधारणसभा सम्पन्न


पोखरा महानगरपालिका-६, डिहिकोपाटनमा रहेको चेतना बचत तथा ऋण सहकारी संस्था लि.को २०औं वार्षिक साधारणसभा २०७७ मंसीर ३० देखि पुस ४ गतेसम्म सोही संस्थाका अध्यक्ष ज्ञानेन्द्र राज कोइरालाको अध्यक्षतामा सम्पन्न भयो । सहकारी विभागको निर्देशन पालना गरी स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर सम्पन्न भएको त्यस साधारणसभामा उक संस्थाका अध्यक्ष कोइरालाले त्यसै संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै सहकारीको माध्यमबाट छरिएर रहेको स-सानो पूँजी संकलन गर्ने र बचत गर्ने बानीको विकास गर्ने तथा संस्थाका सदस्यज्ञरुलाई व्यक्तिगत तथा व्यवसायिक परियोजनाहरु सञ्चालन गर्नको लागि होस् या दैनिक कार्यमा आउने समस्या समाधान गर्नको लागि विना झञ्झट कर्जा स्वरुप: सहयोग प्रदान गरी सदस्यहरुको आर्थिक विकास तथा समृद्धिमा सहयोग पु-याउने पवित्र उद्देश्य राखेर २०५७ सालमा एउटा सानो कोठाबाट आफ्नो यात्रा आरम्भ गरेको यो सहकारी संस्थाले यतिबेला एक हिसावले अब्बल सहकारी संस्थाको रुपमा आफूलाई उभ्याउन सफल भएको बताउनुभयो ।
उहाँले कोरोना महामारीको विषम परिस्थितिको बाबजुद पनि यस संस्थाप्रति शेयर सदस्य ज्यूहरुले इमान्दार भई बचत , ऋण र विप्रेषण लगायत संस्थाका सम्पूर्ण कारोवार नियमित गरी ‘ मेरो बचत तथा ऋण कारोवार मेरै सहकारीमा’ अभियानलाई साथ दिनु भएकोले आजहामीले जटिल परिस्थितिमा पनि चुनौतिलाई सामूहिक रुपमा चिर्दै आर्थिक वर्ष २०७/७६/०७७ को खाताबन्दी सुरक्षित र सफल रुपमा सम्पन्न गर्न सकेको भन्दै सबैप्रति धन्यबाद ज्ञापन गरनुभयो । त्यसै संस्थाका पूर्व अध्यक्ष जगतबहादुर पहारीले स्वागत मन्तव्य र सचिव तेजनारायण पराजुलीले सञ्चालन गर्नु भएको सोही साधारणसभामा उक्त संस्थाका लेखा सुपरीवेक्षण समिति संयोजक पुरुषोत्तम पराजुलीले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नु भएको थियो । साधारणसभाबाट ती प्रतिवेदनहरु छलफल गरी पारित भएका थिए भने त्यस संस्थाका व्यवस्थापक दृश्य सुवेदीलेे साधारणसभाको संयोजन गर्नु भएको थियो ।
