सहयोगी साकोस , बागलुङको २३औं वार्षिक साधारणसभा शुरु

0 Shares

बागलुङ नगरपालिका-२, बागलुङ बजारमा रहेको सहयोगी बचत तथा ऋण सहकारी संस्था लि.को २३औं वार्षिक साधारणसभा सोही संस्थाका अध्यक्ष महेन्द्रसिंह राजमाझीको अध्यक्षता र नेफ्स्कूनका सञ्चालक तथा बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष चण्डीप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा २०७७ पुस ९ गते शुरु भएको छ । सहकारी विभागको निर्देशन पालना गरी स्वास्थ्य सूचना पालना गरेर सञ्चालन भइरहेको सो साधारणसभा २०७७ पुस ११ गतेसम्म सञ्चालन हुने बताइएको छ ।

शेयर सदस्य चिरञ्जीवी कुमार श्रेष्ठले सञ्चालन र शेयर सदस्य रामचन्द्र शर्माले स्वागत मन्तव्य व्यक्त गर्नु भएको  उक्त साधारणसभाको अध्यक्षता गर्दै त्यसै संस्थाका अध्यक्ष रायमाझीले वि.सं.२०५४ मा स्थापना भएको हाम्रो यो सहयोगी बचत तथा ऋण सहकारी संस्था लि., बागलुङ ‘सबैका लागि एक , एकको लागि सबै’ भन्ने मान्यताबाट अगाडि बढ्दै इतिहास रचेको पुरानो संस्था आफ्ना शेयर सदस्यहरुको साथ र सहयोग तथा कर्मचारीहरुको मेहनत र लगनशीलताले निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको बताउनुभयो ।

सोही संस्थाका सचिव रामप्रसाद उपाध्यायले वार्षिक प्रतिवेदन , कोषाध्यक्ष गोपीप्रसाद शर्माले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका सदस्यद्वय यादब नाथ उपाध्याय र कल्पना शर्मा सुवेदीले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नु भएको छ । प्रतिवेदनमा सो संस्थामा आर्थिक वर्ष २०७६/०७७ मा शेयर सदस्य संख्या ३३७, शेयर पूँजी रु.४५,७७,७०० , बचत संकलन रु.१,७८,३३,५८८ , कर्जा लगानी रु.१,८५,२६,६१५ र कूल कारोवार रु.४,१०,८३,६८० रहेको उल्लेख छ ।

साधारणसभामा त्यसै संस्थाका ७३ वर्षीया जेष्ठ शेयर सदस्य धनकुमारी पौडेल र ७१ वर्षीय जेष्ठ शेयर सदस्य भूमिराज आचार्य तथा असल बचतकर्ता शेयर सदस्य जयकुमार खड्का र असल कारोवारी शेयर सदस्य पद्मकुमारी शर्मालाई सम्मान गरिने कार्यक्रम रहेको सोही संस्थाका उपाध्यक्ष भुमिराज आचार्यको भनाई छ । उक्त साधारणसभाको संयोजन त्यसै संस्थाका प्रवन्धक हरिप्रसाद शर्माले गर्नु भएको छ ।

Leave a Reply