बेगनास ताल नगरी साकोस , बेगनासताल , कास्कीको १०औं वार्षिक साधारणसभा सम्पन्न

0 Shares

पोखरा महानगरपालिका-३१, बेगनासताल , कास्कीमा रहेको बेगनास ताल नगरी बचत तथा ऋण सहकारी संस्था लि.को १०औं बार्षिक साधारणसभा २०७७ पुस १ देखि ७ गतेसम्म सोही संस्थाका अध्यक्ष जीवन तिवारीको अध्यक्षतामा सम्पन्न भयो ।

सहकारी विभागको साधारणसभा सम्बन्धी निर्देशन पालना गरी स्वास्थ्य सुरक्षा सतर्कता पालना गरेर सम्पन्न त्यस साधारणसभामा सो संस्थाका अध्यक्ष तिवारीले त्यसै संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै ‘सहकारी क्षेत्रको विकास तथा बृद्धिको लागि ठूलो महत्वका साथ हेरिएको सहकारी ऐन , २०७४ ले हामीले राखेका सबै कुराको सम्बोधन नगरेतापनि यो ऐन सहकारी क्षेत्रमा आउने गरेका विकृति घटाउन प्रभावकारी हुन सक्ने विश्वास लिएको बताउदैै सहकारीमा आम मानिहहरुको आकर्षण बढाउन , सहकारी मार्फत  मानिसहरुको जीवनस्तर उकास्न र सहकारीलाई आर्थिक खम्बाको रुपमा अझै दरिलो हुने गरी विकास गर्दै लैजान सहकारी ऐन , २०७४ को आवश्यक परिमार्जन र प्रभावकारी कार्यान्वयन हुदै जानेमा पूर्ण आशा राखेको छु’ भन्नुभयो । उहाँलेे शेयर सदस्य ज्यूहरुको सकारात्मक सहयोग , सद्भाव र सक्रिय योगदान तथा कर्मचारीहरुको मेहनतले हाम्रो यो संस्था कोरोना महामारीका कारण उत्पन्न प्रतिकुलताको अवस्थामा पनि प्रगतिपथमा अगाडि बढ्न सकेको बताउनुभयो । सो साधारणसभामा स्वागत मन्तव्य व्यक्त त्यसै संस्थाका उपाध्यक्ष ध्रुवराज न्यौपानेले २०७६ कार्तिक १६ गते पोखरा महानगरपालिका-३१ बेगनासताल एरियामा सञ्चालनमा रहेका २०६७ असार ४ गते स्थापना भएको बेगनास बचत तथा ऋण सहकारी संस्था लि. र २०६७ पुस २५ गते तालनगरी कृषि सहकारी संस्था वीच एकीकरण घोषणा गरी २०७६ मंसीर १ गतेबाट एकीकृत कारोबार शुभारम्भ गरेको यस बेगनास ताल नगरी बचत तथा ऋण सहकारी संस्था लि. मा आर्थिक वर्ष २०७६/०७७ मा ६४५ जना महिला र ४७१ जना पुरुष गरी शेयर सदस्य संख्या १,११६ , शेयर पूँजी रु.८१२,२३,२०० , कुल बचत रु.१७,६९,३५,५०२.३२ , ऋण लगानी रु.२३,२७,८५,८२,३.०२ र कूल सम्पति रु.२९,१४,२६,९४,३.६७ रहेको रहेको र चालु आ.व. मा शेयर सदस्य , शेयर पूँजी र कारोवार बृद्धि गर्नेलक्ष्यका साथ कार्य भइरहेको बताउनुभयो ।

उक्तसंस्थाका सचिव हरिकृष्ण न्यौपानेले सञ्चालन र व्यवस्थापक चण्डिका बराल न्यौपानेले संयोजन गर्नु भएको सोही साधारणसभामा त्यसै संस्थाका कोषाध्यक्ष विकेन्द्र प्रसाद तिवारीले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक रामनाथ पौडेलले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नु भएको थियो । साधारणसभाबाट छलफल गरी ती प्रतिवेदनहरु पारित भएका थिए ।

 

Leave a Reply