नारायणी साकोस , हेटौंडाको २४औं वार्षिक साधारणसभाको अवसरमा मानव सेवा आश्रम, हेटौंडालाई खाद्य सामाग्री सहयोग

0 Shares

हेटौंडामा रहेको नारायणी बचत तथा ऋण सहकारी संस्था लि.को २४औं वार्षिक साधारणसभा तथा रजत महोत्सव २०७७ पुस ९ गतेदेखि जारी छ । सो संस्थाका अध्यक्ष रामहरि न्यौपानेको अध्यक्षतामा जारी उक्त साधारणसभा २०७७ पुस १५ गते समापन हुने बताइएको छ । उक्त साधारणसभा तथा रजत महोत्सवको त्यस संस्थाको आयोजनामा २०७७ पुस ९ गते सरसफाइ तथा स्मारिका विमोचन , १० गते नगरस्तरीय मा.वि. तह स्तरीय वक्तृत्वकला प्रतियोगिता , ११ गते रक्तदान कार्यक्रम, १२ गते औद्योगिक क्षेत्रमा निर्मित व्यवसायिक भवन अगाडि वृक्षारोपण , १३ गते शेयर सदस्य र सञ्चालक – कर्मचारी बीच सेभेन ए साइड फुटबल प्रतियोगिता सञ्चालन र आज एक कार्यक्रमका वीच सहयोगापेक्षी बेसाहारा मानिसहरुको सरक्षण गर्दे आएको मानव सेवा आश्रम , हेटाँंडालाई चामल, दाल, तेल, पिठो, विस्कुट लगायतका खाद्यान्न सामाग्री सहयोग गरेको जनाइएको छ। जिल्ला समन्वय समिति , मकवानपुरका प्रमुख रघुनाथ खुलालको प्रमुख अतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा हेटौंडा उप-महानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष लक्ष्मण भण्डारी , हेटौंडा अस्पतालका अध्यक्ष प्रकाश पौडेल तथा आयोजक संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

 

 

Leave a Reply