काभ्रेपलाञ्चोक जिल्ला बचत संघको २३औं वार्षिक साधारणसभा सम्पन्न
काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को २३औं वार्षिक साधारण सभा २०७७ पुस ११ गते सोही संघका अध्यक्ष रामहरि के.सी.को अध्यक्षतामा सम्पन्न भयो । सहकारी संघ/संस्थाको साधारणसभा सम्बन्धी सहकारी विभागको निर्देशन पालना गरी सम्पन्न सो साधारणसभाको उद्घाटन गर्दै राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालका अध्यक्ष मिनराज कँडेलले सहकारी ऐन र नियमावलीका सहकारी क्षेत्रका लागि प्रतिकूल रहेका प्राबधान र अरु ४७ वटा ऐन सहकारी मैत्री हुने गरी संशोधनको लागि राष्ट्रिय सहकारी महासंघले लविङ्ग गरिरहेको बताउनु भयो । उहाँले काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को थप सफलताको कामना गर्दै सहकारी संघ/संस्थाहरुले बचत तथा ऋण कारोवारमा मात्र सिमित नरही उत्पादनमूलक कार्यमा लाग्नु पर्नेमा जोड दिनुभयो । उक्त साधरणसभामा शुभकामना मन्तव्य गर्दै नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले नीति , विधि र प्रविधिलाई पालना गरी सञ्चालन हुनु पर्नेमा जोड दिदै सहकारी संस्थामा दोहोरो सदस्यताको विषय अहिलेको परिस्थितिमा दण्डनीय नहुनेमा राज्यको नियामक निकाय सहमत भएको तर यसलाई क्रमिक रुपमा अघि बढाउने विषयमा भने सरकार र सहकारी अभियान सहमत भएको बताउनुभयो । उहाँले नेफ्स्कूनले महत्व दिएको स्तरीकरण र स्थिरीकरण कार्यक्रमको महत्वको बारेमा प्रकाश पार्दै नेफ्स्कून र जिल्ला बचत संघ बीचको साझेदारीलाई प्राथमिकताका साथ अघि बढाउनु पर्नेमा जोड दिनुभयो । सो साधारणसभामा जिल्ला सहकारी संघ लि. , काभ्रेपलाञ्चोकका अध्यक्ष विनोद पराजुली , नेपाल पत्रकार महासंघ , काभ्रेपलाञ्चोकका अध्यक्ष मोतिराम तिमल्सिना लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै उक्त संघको थप सफलताको शुभकामना मन्तव्य राख्नुभएको थियो । सोही संघका प्रथम उपाध्यक्ष इन्द्रप्रसाद अधिकारीले स्वागत मन्तव्य र सह-सचिव सुरेन्द्र पौडेलले सञ्चालन गर्नु भएको उक्त साधारणसभामा उक्त संघका सचिव उदयराम कायस्थले बार्षिक प्रतिवेदन , लेखा सुपरीवेक्षण समिति संयोजक जेना लामाले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन र कोषाध्यक्ष जीतेन्द्र नकर्मीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । छलफल गरी ती प्रतिवेदनहरु त्यस साधारणसभाबाट छलफल गरी पारित गरिएको थियो ।
त्यस अवसरमा नेपालको सहकारी अभियानमा पु-याउनु भएको महत्वपूर्ण योगदानका लागि नेफ्स्कूनका पूर्व अध्यक्ष एवम् एशियाली ऋण महासंघ आकूका पूर्व उपाध्यक्ष ऋषिराज घिमिरे, नेफ्स्कुनका नि: बर्तमान सञ्चालक तथा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष एवं ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्था लि., पनौतीका अध्यक्ष उद्धव सापाकोटा , जिल्ला सहकारी संघ लि., काभ्रैपलाञ्चोकका अध्यक्ष विनोद पराजुली , काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का सञ्चालक सदस्य द्वय प्रदीप थापा र कृष्णप्रसाद तिमल्सिना तथा सामूदायिक बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष प्रकाशबञ्जारालाई सम्मान गरिएको थियो । त्यसैगरीसो संघको अधिकतम सेयर खरीद सम्मान समग्र तर्फ सामूदायिक बचत तथा ऋण सहकारी संस्था लि., पनौती र महिलातर्फ बनेपा नगरपालिका वडा नं ४ मा रहेको नारी जागरण बचत तथा ऋण सहकारी संस्था लि., अधिकतम बचत सम्मान समग्रतर्फ पनौती नगरपालिका-१० , खोपासीमा मुख्य कार्यालय रहेको विन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि. , ग्रामिणतर्फ खानीखोला गाउँपालिका वडा नं.५ मा रहेको सूर्यमुखी बचत तथा ऋण सहकारी संस्था लि. र महिलातर्फ पनौती नगरपालिका वडा नं.५ चौकटेमा रहेको लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था लि., अधिकतम ऋण कारोबार सम्मान समग्रतर्फ पाँचखाल नगरपालिका वडा नं. ४ ,पाँचखालमा रहेको आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्था लि. र ग्रामीणतर्फ रोशी गाउँपालिका वडा नं. ७ मा रहेकै सिर्जनशील बचत तथा ऋण सहकारी संस्था लि. सम्मानित भ एका थिए भने काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण संघ लि.का कार्कायरत कर्मचारीहरु मध्ये बरिष्ठ तालिम सहायक रवि कुमार खत्री उत्कृष्ट कर्मचारीका रुपमा पुरस्कृत हुनुभएको छ ।
