राष्ट्रिय सहकारी बैंक लि.को नायब महाप्रबन्धक विमलीले माघ १ गतेदेखि पदीय जिम्मेवारी सम्हाल्ने
देशव्यापी शाखा विस्तार गरिरहेको राष्ट्रिय सहकारी बैंक लिमिटेडको नायब महाप्रबन्धकमा नियुक्त भएका चार्टर्ड अकाउण्टेण्ट किशोर प्रसाद बिमलीले २०७७ माघ १ गतेदेखि पदीय जिम्मेवारी सम्हाल्ने जनाइएको छ । सो बैंकले यसै हप्ता नियुक्त गरेका विमलीलाई यही पुस १३ गते सोही बैंकका प्रमुख कार्यकारी निर्देशक बद्रीकुमार गुरागाईले स्वागत गर्नुभएको थियो । त्यस अवसरमा नवनियुक्त नायव महाप्रबन्धक विमलीले आफूले हासिल गरेको ज्ञान र अनुभवलाई राष्ट्रिय सहकारी बैंकको माध्यमबाट उपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
