जिल्ला सहकारी संघ लि., चितवन कृषि बजार सञ्चालन गर्ने तयारी गर्दै छ
– विनोद खतिवडा
व्यवस्थापक
जिल्ला सहकारी संघ लि., चितवन
जिल्ला सहकारी संघ लि.,चितवनको अगुवाईमा सहकारी अभियानले सञ्चालन गरिरहेको पेट्रोल पम्पको 
कारोवार राम्रो रहेको जिल्ला सहकारी संघ लि.,चितवनका व्यवस्थापक विनोद खतिवडाको भनाई छ । सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्कीसँग कुरा गर्दै उहाँले जिल्ला सहकारी संघ लि.,चितवनले कृषि बजार सञ्चालन गर्ने तयारी गरिरहेको छ भन्नुभयो । उहाँले कर्मचारी राखेर सञ्चालन गर्ने चितवन जिल्लाका जुनसुकै विषयगत सहकारी संघलाई कार्यालय सञ्चालन गर्न समस्या भए जिल्ला सहकारी संघ लि.चितवनले कार्यालय सञ्चालनको लागि नि:शुल्क ठाउँ उपलब्ध गराउने बताउनुभयो । व्यवस्थापक खतिवडासँग गरिएको कुराकानी यस प्रकार छ ।
