इनरुवामा राष्ट्रिय सहकारी बैंक लि.को शाखा स्थापना

यही पुस मसान्त भित्र देशभर आफ्नो मुख्य कार्यालय सहित ६८ वटा शाखा सञ्चालन गरी सक्ने योजनाका साथ कार्य गरिरहेको राष्ट्रिय सहकारी बैंक लि.ले पछिल्लो पटक सुनसरी जिल्ला सदरमुकाम इनरुवामा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । सोही बैंकका अध्यक्ष के.बी. उप्रेतीको उपस्थितिमा सो शाखाको १ नं. प्रदेश , योजना आयोगका उपाध्यक्ष सुबोध प्याकुरेलले गर्नु भएको थियो ।
नेपाल राष्ट्र बैंकबाट थप २४ वटा शाखा सञ्चालनको अनुमति पाए सँगै आफ्नो शाखा बिस्तारलाई अभियानको रुपमा अगाडि बढाएको सो बैंकले पछिल्लो पटक काठमाडौंको नारायणगोपाल चोक लगायत देशका विभिन्न स्थानमा आफ्नो शाखा सञ्चालनमा ल्याएको छ ।
१२ हजार २ सय ८३ सहकारी संघ/ संस्थाहरुको उक्त बैंकमा हाल रु.२ अर्ब ४८ करोड शेयर पूँजी , रु.५१ अर्ब ३६ करोड निक्षेप र रु. २४ अर्ब २८ करोड कर्जा लगानी रहेको सो बैंकले जनाएको छ ।