४ वटा कम्युनिष्ट पार्टीको रणनैतिक संयुक्त मोर्चाको अवधारणा-पत्र

वर्तमान संकटपूर्ण राजनैतिक स्थितिमा नेपाली क्रान्तिलाई सम्पन्न गर्ने जिम्मेवारी वोध गर्दै हामी नेपाल कम्युनिष्ट पार्टी, नेपाल कम्युनिष्ट पार्टी ( क्रान्तिकारी माओवादी), नेपाल कम्युनिष्ट पार्टी र वैज्ञानिक समाजवादी पार्टी
दलाल तथा प्रतिक्रियावादी सामन्ती दलाल तथा नोकरशाही पूजीवादी सत्ताको संकटलाई जनक्रान्तिद्वारा वैज्ञानिक समाजवाद÷नयाा जनवादी गणतन्त्रमा बदल्नुपर्दछ भन्ने मान्यतामा सहमत छौं । साथै यो क्रान्तिमा सहमत हुने प्रगतिशिल लोकतन्त्रवादी र देशभक्त शक्ति एवम् व्यक्तित्वहरुलाई पनि सहभागी बनाउनुपर्दछ भन्ने सोच राख्दछौं । उक्त उद्देश्यलाई पुरा गर्न रणनैतिक संयुक्त मोर्चा निर्माण गरी अगाडि बढ्नका लागि यो अवधारण-पत्र तयार गरिएको छ ।(
क) वस्तुगत पक्ष
१. लामो समयदेखि नेपाली जनता र प्रतिक्रियावादी सत्ताको बीचमा संघर्ष चल्दै आएको तर जनताको आकांक्षा पुरा हुन नसकेको,
२. प्रतिक्रियावादी सत्तामा आमूल परिवर्तन गर्नका लागि बिभिन्न समय र वर्तमान समयमा जनआन्दोलन, जनसंघर्ष, सशस्त्र संघर्ष, जनयुद्ध र जनक्रान्ति चल्दै आएकामा तिनको पूर्णताको आवश्यकता,
३. साम्राज्यवादी तत्वहरुले निरन्तर नेपाली राष्टिय स्वाधिनता र जनताको राजनीतिक स्वतन्त्रतामाथि हस्तक्षेप तथा अतिक्रमण गर्दै आएको र त्यसका बिरुद्ध नेपाली जनताले राष्ट्रिय मुक्ति संघर्ष सञ्चालन गर्दै आएकोमा त्यसले पूर्ण सफलता हासिलगरी नसकेको स्थितिि,
४. कम्युनिष्ट नामधारी डबल नेकपाको केपी ओली सरकार बनेपछि जनअधिकार र स्वाधिनता प्राप्त गर्ने जनआकांक्षा बिपरित निरन्तर दलाली र फासीवादीकरण गर्दै संकटपूर्ण राजनीतिक स्थिति सृजना गरेका,
५. दलाल पूँजीवादी सत्ता र सामाजिक दलाल सरकारको अस्थिरताको फाइदा उठाउदै गणतन्त्र माथि नै प्रतिगामि तत्वहरुले प्रतिगमनको प्रयत्न गरिरहेको स्थिति,
६. देशमा पैदा भएको संकट दलाल पूँजीपति वर्गका स्वार्थ समूहहरु बीचको टक्कर एवं असफलता, उनीहरुका कठपूतलीमा परिणत विचलनकारी, आत्मसमर्पणवादी,
पश्चगामी राजनैतिक गुट तथा नेताहरुको असफलता र बाह्य शक्ति केन्द्रहरु बीचको संघर्ष एवं हस्तक्षेप मूल जिम्मेबार रहेको निष्कर्ष,
७. देशको संकटपूर्ण राजनैतिक स्थितिलाई क्रान्तिकारी कम्युनिष्ट, प्रगतिशील लोकतन्त्रवादी र देशभक्त शक्तिहरुले एकजुट भएर निकाश दिउन् भन्ने तीव्र जन
्आकाँक्षा एवं अपेक्षा देखा पर्नु,
८. आमूल परिवर्तनकारी शक्तिहरु मिलेर एकीकृत रुपमा संकटको अग्रगामी निकास दिनेे पहल गरेमा देश र जनता परिवर्तनका पक्षमा ध्रुविकृत हुने प्रवल संभावना देखा परेको
९. आजको संकटको निकास पश्चगामी र संसदीय व्यवस्थाबाट संसदीय व्यवस्थामै घुमाउने यथास्थितिवादी निकासबाट नभै अग्रगामी परिवर्तनबाट मात्र हुँन सक्छ भन्ने
ख) आत्मगत पक्ष
१. विगत लामो समयदेखि कम्युनिष्ट क्रान्तिकारीहरुले बृहद रणनैतिक सयुक्त मोर्चा निर्माणको पहल गर्दै आएको तर सफलता प्राप्त भैनसकेको,
२. वर्तमान संकटकालीन समयमा क्रान्तिकारी पार्टीहरुको बीचमा रणनैतिक संयुक्त मोर्चा निर्माण गरी देशलाई आमूल परिवर्तनकारी निकास दिनु पर्दछ भन्ने
गहिरो बोध भएको,
३. प्रगतिशील लोकतन्त्रवादी र देशभक्तहरु सहितको रणनैतिक सयुक्त मोर्चा निर्माण हुन सक्ने सम्भावना देखापरेको,
४) यो आवश्यकता पुरा गर्न क्रान्तिकारीहरु विचार, राजनीति र भौतिक शक्तिका दृष्टिले रणनैतिक संयुक्त मोर्चा निर्माण र परिचालन गर्न सक्षम हुन सकिन्छ भन्ने
निश्कर्षमा पुगेको
ग) मोर्चाका मान्यताहरु
१. दलाल पूजीवादी तथा प्रतिक्रियावादी राज्यसत्ताको अन्त गरी वैज्ञानिक समाजवाद÷जनगणतन्त्र स्थापना गर्ने,
२. उक्त राजनैतिक सत्ता कम्युनिष्ट, देशभक्त, प्रगतिशिल लोकतन्त्रवादीहरु, राष्ट्रिय पूँजीपति, बुद्धिजीवी, स्वतन्त्र व्याक्तित्व लगायतको संयुक्त मोर्चाद्वारा प्राप्त गर्न सकिन्छ,
३. जनता नै इतिहासका निर्माता हुन भन्ने मान्यतालाई दह्रोसँग पकड्दै आम जनताको साथ, सहयोग र सहभागितामा अग्रगामी निकासको उद्देश्य प्राप्त गरिने छ,
४. संयुक्त मोर्चाको उद्देश्य र मान्यतासँग अन्तरविरोधी नहुने गरी संयुक्त मोर्चामा सहभागी पार्टी एवं संगठनहरुले आफ्नो कार्यदिशा अनुरुप स्वतन्त्र गतिविधि गर्न पाउने छन् ,
५. वैज्ञानिक समाजवाद÷जनगणतन्त्रको रणनैतिक उद्देश्य पूरा गर्न संक्रमणकालीन राजनैतिक स्थितिमाथि हस्तक्षेप गरी आम जनतालाई गोलवन्द गर्दै दलाल संसदीयसरकारको विकल्पमा प्रगतिशील संयुक्त सरकारको राजनैतिक कार्यनीतिलाई प्रयोग गर्ने,
६) शान्ति, स्थिरता, स्वाधीनता र संमृद्धि दलाल पूँजीवादी तथा प्रतिक्रियावादी सत्ता एवं संसदीय व्यवस्थाबाट संभव छैन । यसका लागि प्रगतिशील सयुक्त सरकार अनिवार्य छ
।
७. यो रणनैतिक संयुक्त मोर्चा साम्राज्यवाद र दलाल पूजीवाद तथा प्रतिक्रियावादी सत्ताका बिरुद्धको संयुक्त मोर्चा हुनेछ । यसको उद्देश्य नेपालका उत्पीडित मजदूर,
किसान, महिला, दलित, जनजाति, मधेशी, मुस्लिम, मध्यमवर्ग, राष्ट्रिय पूँजीपतिवर्गको पूर्ण अधिकार एवं देशको स्वाधीनता प्राप्त गर्नु रहेको छ,
८. रणनैतिक संयुक्त मोर्चाको अवधारणा अनुरुप मोर्चामा आबद्ध पार्टीहरुले अन्य मित्र शक्तिहरुसँगका कामहरुमा सहभागि बन्ने र बनाउने ।
मिति २०७७ पुस १५