आफ्नो २२औं वार्षिकोत्सवमा कोन सामुदियिक साकोस,पोखराले ग-यो खुल्ला रक्तदान कार्यक्रम

0 Shares

पोखरा महानगरपालिका-१३,भद्रकालीचोकमा रहेको कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो २२औं वार्षिकोत्सवको उपलक्ष्यमा २०७७ पुस १८ गते खुल्ला रक्तदान कार्यक्रम आयोजना ग-यो । कास्की जिल्लामा सञ्चालनमा रहेका सहकारी संस्थाहरु मध्ये सबैभन्दा बढी कारोबार रहेको सो संस्थाको शिक्षा उप-समितिको आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा ७७ जना रक्तदाताले रक्तदान गरेको उक्त संस्थाका व्यवस्थापक अपिल कोइरालाले बताउनुभयो । सोही संस्थाका अध्यक्ष तीर्थबहादुर बस्नेतले रक्तदाताहरुलाई प्रमाण-पत्र प्रदान गर्नु भएको थियो भने त्यसै संस्थाका नि:बर्तमान अध्यक्ष शरदकान्त सिग्देलले कार्यक्रमकी पहिलो रक्तदाता सपना सिग्दैललाई बल्ड ब्याग हस्तान्तरण सो कार्यक्रम शुभारम्भ गर्नु भएको थियो । उक्त कार्यक्रममा सोही संस्थाका सल्लाहकार तथा सञ्चालक समिति , लेखा सुपरीवेक्षण समिति र उप-समितिहरुका पदाधिकारी तथा सदस्यहरु , शेयर सदस्यहरु तथा रक्त सञ्चार केन्द्र पोखराका पूर्व प्रमुख धुर्व लामिछाने लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply