सुदूर पश्चिम प्रदेश बचत तथा ऋण सहकारी संघ लि.को प्रारम्भिक साधारणसभा सम्पन्न, अध्यक्षमा माधवप्रसाद जोशी चयन

0 Shares

राष्ट्रिय सहकारी महासंघ लि.,का अध्यक्ष मिनराज कँडेलको प्रमुख आतिथ्यता र नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको विशेष आतिथ्यतामा सुदूर पश्चिम प्रदेश बचत तथा ऋण सहकारी संघ लि.को प्रारम्भिक साधारणसभा २०७७ पुस २१ गते कैलालीको धनगढीमा सम्पन्न भएको छ । सो साधारणसभाले माधवप्रसाद जोशीको अध्यक्षतामा सञ्चालक समिति र डिल्लीप्रसाद शर्माको संयोजकत्वमा लेखा सुपरिवेक्षण समिति निर्विरोध चयन गरेको छ । ४ वर्षे कार्यकाल रहने उक्त सञ्चालक समितिको उपाध्यक्षमा उपाध्यक्षमा सुरतबहादुर खड्का ,सचिवमा दिप्ती शाही र कोषाध्यक्षमा शेरसिंह कार्की तथा सदस्यमा खगेन्द्रप्रसाद धमला,मिना बिष्ट,अम्बरबहादुर पुन,अम्बिका चौधरी,दीपक बडुवाल,मोहन चन्द,भक्तबहादुर आले ,पदमराज जोशी,हेमराज बिष्ट,श्यामसिंह सामन्त र मोनिका कुमारी शाह एवं लेखा सुपरीवेक्षण समितिको सदस्यमा सुनिता शाही र पुष्प तिमल्सिना हुनुहुन्छ ।
सो संघको सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई महासंघ अध्यक्ष कँडेल,नेफ्स्कुनका अध्यक्ष पौड्याल लगायतले बधाई ज्ञापन गर्दै कार्यकाल सफलताको कामना गर्नु भएको थियो ।

Leave a Reply