अमरापुरी बहुउद्देश्यीय सहकारी संस्था लि., अमरापुरी, नवलपुरको २५औं वार्षिक साधारणसभा आज सकिदै
नवलपुरको गैंडाकोट नगरपालिका-१५, अमरापुरीमा रहेको अमरापुरी बहुउद्देश्यीय सहकारी संस्था लि.को २५औं वार्षिक साधारणसभा तथा १०औं अधिवेशन नयाँ सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति चयन गर्दे आज सकिने सो संस्थाले जनाएको छ । कोरोना महामारीका कारण स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी जारी साधारणसभा यही पुस १९ गते शुभारम्भ भएको थियो । सोही संस्थाका अध्यक्ष नन्दराम सापकोटाको अध्यक्षतामा जारी साधारणसभा अन्तर्गत यही पुस १९ देखि २४ गतेसम्म संस्थाको वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन उपर छलफल गरी सुझाव संकलन गरी साधारणसभाको समापन कार्यक्रममा सहभागी हुने प्रतिनिधि छनौट गरिएको छ । साधारणसभामा सोही संस्थाका सचिव इश्वरी सापकोटाले संस्थाको वार्षिक प्रगति प्रतिवेदन , कोषिध्यक्ष उमानन्द चालिसेले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक पिताम्बर भुषालले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नु भएको थियो ।
वित्तीय कारोवार सहित दुग्धजन्य कार्य सञ्चालन गर्दै आएको सो संस्थामा आर्थिक वर्ष २०७६/०७७ मा शेयर सदस्य संख्या १,५४३, शेयर पूँजी रु.१,०३,७१,७००, कूल निक्षेप रु.७,८३,०१,८७७, ऋण लगानी रु.६,८६,६२,५३९ र सम्पति तथा दायित्व रु १०,७१,०४,३९७ रहेको छ । साधारणसभाको संयोजन त्यसै संस्थाका व्यवस्थापक विष्णुप्रसाद काफ्लेले गरिरहनु भएको छ ।
