तपाई हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लि., नैकापको १३औं वार्षिक साधारणसभा शुरु
काठमाडौंको नयाँ नैकापमा आफ्नै भवनमा मुख्य कार्यालय तथा कलंकीमा सदस्य सेवाकेन्द्र सञ्चालन गरिरहेको र नैकापमा नै लघुवित्त सञ्चालन गरिरहेको तपाई हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लि.को १३औं वार्षिक साधारणसभा २०७७ पुस २४, गतेबाट शुरु भएको छ । कोभिड १९ का कारण स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी शुभारम्भ भएको सो साधारणसभाको उद्घाटन गर्दै राष्ट्रिय सहकारी बैंक लि.का अध्यक्ष के.बी उप्रेतीले स्थापना भएको छोटो समयमा यो संस्थाले गरिरहेको प्रगति प्रशंसनीय रहेको बताउनुभयो । उहाँले यतिबेला आफ्नो शाखा विस्तार गरिरहेको राष्ट्रिय सहकारी बैंक लि.ले राम्रो सँग सञ्चालन भएका सहकारी संस्थाहरुलाई सकेको सहयोग गर्ने बताउनुभयो । सो संस्थाका अध्यक्ष मनोज थापा मगरको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा राष्ट्रिय सहकारी बैंक लि.का सञ्चालक तथा जिल्ला सहकारी संंघ लि., काठमाडौंका अध्यक्ष ज्ञानबहादुर तामाङ्ग र सोही बैंककी सञ्चालक पार्वती थापा लगायतले त्यस संस्थाको थप प्रगतिको कामना गर्नु भएको थियो । भर्चुअल विधिबाट सञ्चालन भएको त्यस कार्यक्रममा त्यसै संस्थाका सल्लाहकार समिति , सञ्चालक समिति , लेखा सुपरीवेक्षण समिति र उप-समितिहरुका पदाधिकारी तथा सदस्य , कर्मचारी लगायतको उपस्थिति रहेको थियो । यही पुस २४ देखि २८ गतेसम्म संस्थाका सदस्यहरुसँग प्रतिवेदन उपर छलफल गरी सुझाव संकलन गर्ने तथा शेयर सदस्यहरु मध्येबाट प्रतिनिधि छनौट गरी यही पुस २९ गते सो साधारणसभाको समापन कार्यक्रम गर्ने योजना रहेको उक्त संस्थाले जनाएको छ ।
