चन्द्रागिरि साकोसको १९औं वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा योगेन्द्रकुमार कुँवर
काठमाडौंको थानकोट चेकपोष्ट स्थित आफ्नै भवनमा मुख्य कार्यालय रहेको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि.को १९औं वार्षिक साधारणसभा योगेन्द्रकुमार कुँवरको अध्यक्षतामा सञ्चालक समिति तथा भानुप्रकाश ढकालको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति निर्विरोध चयन गर्दै २०७७ पुस २५ गते सम्पन्न भएको छ । ४ वर्षे कार्यकाल रहने सो सञ्चालक समितिको उपाध्यक्षमा सूर्यनारायण मानन्धर , सचिवमा अच्युतकुमार कार्की, सह–सचिवमा शरद कुँवर र कोषाध्यक्षमा मिनाकुमारी पाठक तथा सदस्यमा दिलकुमारी महर्जन , लक्ष्मी बहादुर महर्जन, गोविन्द बस्नेत, रविना महर्जन , लक्ष्मी महर्जन र सुवाष श्रेष्ठ एवं लेखा सुपरीवेक्षण समितिमा सदस्यमा सुष्मा कुँवर र इन्द्रबहादुर महर्जन हुनुहुन्छ ।
सहकारी संघ/संस्थाको वार्षिक साधारणसभा सम्बन्धी सहकारी सहकारी विभागको निर्देशन पालना गरी सोही संस्थाका अध्यक्ष शिवशंकर मानन्धरको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभाको राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालका अध्यक्ष मिनराज कँडेलले गर्नुभयो । 

उद्घाटन मन्तव्य व्यक्त गर्दै महासंघ अध्यक्ष कँडेलले सहकारीलाई बचत र ऋण कारोवार सँगै उत्पादनमूलक कार्यमा जोडी सहकारी मार्फत उत्पादन बढाउने गरी कार्य गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले ‘सहकारीका लागि बाधक ४७ वटा ऐन संशोधनको लागि राष्ट्रिय सहकारी महासंघले लविङ गरिरहेको छ’ भन्नुभयौ । सो सभामा शुभकामना व्यक्त गर्दै चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीले ‘समुदायमा आधारित यस चन्द्रिगिरि साकोस राम्रो सँग सञ्चालन भएको देखिएको छ’ भन्नुभयो । ऊहाँले सहकारीको विकास र प्रवर्द्धन हुने गरी चन्द्रागिरी नगरपालिकाले काम गरिरहेको बताउनुभयो ।
आधुनिक प्रविधिको उपयोग गर्दै सो संस्थाले एटीएम (ATM) सेवा , स्मार्ट बैंकिङ्ग सेवा र चन्द्रागिरि एप सर्भिसका साथै विभिन्न सदस्य सुरक्षाका सेवाहरु प्रदान गर्दै आईरहेको सो संस्थामा १२,३१२ जना शेयर सदस्य र रु.२ अर्व ३० करोड कूल सम्पति रहेको उक्त संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठको भनाई छ ।
२०७७ पुस १४ गतेबाट त्यस साधारणसभाको शुभारम्भ भएको थियो । स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी सोही दिनदेखि पुस २४,गतेसम्म उक्त संस्थाको वार्षिक प्रतिवेदन , आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन माथि छलफल गरी सुझाब संकलन गर्ने र साधारणसभा सञ्चालनको लागि प्रतिनिधि छनौट गरिएको थियो । सो साधारणसभामा ७८ प्रतिशत शेयर सदस्यहरुको सहभागिता रहेको बताइएको छ । साधारणसभामा विभिन्न विधामा उत्कृष्ट शेयर सदस्य , कर्मचारी लगायतलाई सम्मान गरिएको थियो ।

