श्री नमुना महिला विकास साकोस, सेमलार , रुपन्देहीले ग-यो फोहोर व्यवस्थापनका लागि सरकारी विद्यालय र हाटबजारलाई सामाग्री हस्तान्तरण

0 Shares

रुपन्देहीको बुटवल उप-महानगरपालिका-१५, सेमलारमा आफ्नै भवनबाट सञ्चालन भइरहेको श्री नमूना महिला बिकास बचत तथा ऋण सहकारी संस्था लि. ले यही पुस २५ गते आफ्नो कार्यक्षेत्र भित्रका सरकारी विद्यालय र हाट-बजारहरुमा फोहोर व्यवस्थापनको लागि सामग्रीहरु हस्तान्तरण गरेको सोही संस्थाकी व्यवस्थापक मञ्जु गोदारले बताउनु भएको छ ।  उक्त संस्थाकी उपाध्यक्ष जमुना उपाध्ययको अध्यक्षतामा सम्पन्न ऊक्त कार्यक्रम नेफ्स्कूनका सञ्चालक तथा रुपन्देही जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का सचिव सन्दीप सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । प्रमुख अतिथि सापकोटाले श्री नमुना महिला विकास बचत तथा ऋण सहकारी संस्था लि.लै देख्ता यो कार्य सानो जस्तो लागेपनि महत्वपूर्ण कार्य गरेको भन्दै प्रशन्नता व्यक्त गर्नुभयो ।

सो अवसरमा नवरत्न माध्यमिक विद्यालयका प्राचार्य हेमराज शर्मा  र सरस्वती प्रा.वि. का स. प्र. तुलसी भट्टले यस संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यहरु गर्दै आएको र हाटबजारहरुमा फोहोर व्यवस्थापनको लागि अझसम्म कसैले ध्यान पुर्‍याउन नसकेको बेला यो  संस्थाले उदाहरणीय कार्य गरेको भन्दै धन्यवाद ब्यक्त गर्नुभएको थियो ।

Leave a Reply