बिकू साकोसको दलदले सेवाकेन्द्रमा एटीएम (ATM) र ३६५ दिने बैंकिङ्ग सेवा शुरु

0 Shares

नवलपुरको गैडाकोटमा मुख्य कार्यालय तथा १९ वटा सेवाकेन्द्र सञ्चालन गरिरहेको बिकू बचत तथा ऋण सहकारी संस्था लि.ले २०७७ पुस २५ गतै नवलपुरको देवचुली नगरपालिका-१३,  दलदले बजारमा रहेको आफ्नो सेवाकेेेेेेेेेन्द्रमा एटीएम(ATM) र ३६५ दिने बैंकिङ्ग सेवा सञ्चालन शुरु गरेको छ ।

उक्त सेवाको  देवचुली नगरपालिकाका मेयर पूर्णकुमार श्रेष्ठले शुभारम्भ गर्नु भयो ।  

सो अवसरमा उहाँले आफ्ना शेयर सदस्यहरुलाई उच्च प्रविधियुक्त गुणस्तरीय वित्तीय तथा गैर-वित्तीय सेवा प्रवाह गरिरहेको बिकू साकोस देवचुली नगरपालिकाको गहना बनेको बताउनु हुँदै यो एटीएम (ATM) तथा ३६५ दिने बैंकिङ्ग सेवाबाट देवचुली नगरबासी , बिकू साकोसका शेयर सदस्यहरु तथा व्यावसायी  उद्यमी लगायत लाभाविन्त हुने बिश्वास व्यक्त गर्नुभयो । त्यस अवसरमा सोही नगरपालिकाकी उप-मेयर पार्वता तिवारीले सहकारीको माध्यमबाट आर्थिक विकास गर्न सकिने अवस्था रहेको भन्दै आफ्ना विपन्न अवस्थाका शेयर सदस्यहरुलाई उद्यमी व्यवसायी बनाउने उद्देश्य राखी  सहुलियत व्याज दरमा कर्जा लगानी गरी यहाँका विपन्न समुदायको आर्थिक सशक्तिकरण हुने गरी कार्यक्रम अगाडि बढाउन बिकू बचत तथा ऋण सहकारी संस्था लि.लाई सल्लाह दिनुभयो ।

कार्यक्रमको अध्यक्षता गर्दै अध्यक्ष विकू बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष ओमप्रसाद सापकोटाले  विगत१ वर्ष अघिदेखि दलदले बजारमा आफ्नो सेवाकेन्द्र स्थापना गरी यहाँका आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह गर्दै आएको हाम्रो यस संस्थाले शेयर सदस्यहरुको चाहना अनुरुप यो थप सेवा विस्तार गरिएको बताउदै देवचुली  नगरपालिकासँग सहकार्य गरेर निम्न वर्ग  समुदायका व्यक्तिहरुको आर्थिक उन्नति हुने गरी बिकू बचत तथा ऋण सहकारी संस्थाले कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो  । यस संस्थामा हालसम्म करिब ८० हजार शेयर सदस्य र साँढे ७ अर्व जति कारोवार रहेको उहाँको भनाई थियो ।

त्यस संस्थाको दलदले बजारमा रहेको आफ्नो सेवाकेन्द्रमा एटीएम र ३६५ दिने बैंकिङ्ग सेवा शुरु गरे सँगै यसको एटीएम र ३६५ दिने बैंकिङ्ग सेवा संख्या ५ पुगेको छ ।  यसअघि  सो संस्थाले आफ्नो केन्द्रीय कार्यालय तथा कावासोती  –३, गैंडाकोट ४ र ८ बाट एटीएम (ATM) सेवा तथा केन्द्रीय कार्यालय, कालिगण्डकी, हर्कपुर र कावासोती सेवा केन्द्र बाट ३६५ दिने बैंकिङ सेवा प्रवाह गर्दै आएको छ ।

नेपालभर रहेका बैंक तथा वित्तीय संस्थाहरुको एटीएमबाट रकम निकाल्न सकिने र यो सेवा लिदा शुल्क नलाग्ने सोही संस्थाका प्रमुख अधिकृत माधवप्रसाद पौडेलको भनाई छ

। सो कार्यक्रममा त्यस संस्थाका संस्थापक अध्यक्ष , पूर्व अध्यक्ष , लेखा सुपरिवेक्षण समिति संयोजक, संचालक सदस्य, सेवाकेन्द्र व्यवस्थापन उप-समिति, स्थानिय जनप्रतिनिधि, कर्मचारीहरु , विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधि ,  शेयर सदस्य लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply