रुपन्देही जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को कूल कारोवार रु.४ करोड ५० लाख छ

0 Shares

विष्णुप्रसाद ओस्ती 

सञ्चालक

रुपन्देही जिल्ला बचत तथा ऋण सहकारी संघ लि. तथा आध्यक्ष ,संसार साकोस

 

 

 

रुपन्देही जिल्ला बचत तथा ऋण सहकारी संस्था लि.को कूल कारोवार रु.४ करोड ५० लाख रहेको सोही संघका सञ्चालक विष्णुप्रसाद ओस्तीले बताउनु भएको छ । रुपन्देहीको बुटवल उप-महानगरपालिका–११, देवीनगरमा रहेको संसार बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष समेत रहनु भएका ओस्तीले सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्की सँग कुरा गर्दै ‘हाम्रो यस संस्थाको २०७७ पुस ११ गते ८औं वार्षिक साधारणसभा सम्पन्न भएको छ र यतिबेला यो संस्थाले सोही साधारणसभाले पारित गरेको योजना तथा कार्यक्रम कार्यान्वयन गरिरहेको छ’ भन्नुभयो ।

(उक्त संस्थाको त्यस साधारणसभाले अध्यक्ष विष्णुपृरसाद ओस्तीले प्रस्तुत गर्नु भएको संस्थाको वार्षिक प्रतिवेदन , कोषाध्यक्ष पदमप्रसाद न्यौपानेले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक सुशिल पाण्डेले प्रस्तुत गर्नु भएको लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पारित गरेको थियो ।  

राष्ट्रिय सहकारी महासंघ लि.का सञ्चालक तथा जिल्ला सहकारी संघ लि., रुपन्देहीका अध्यक्ष भीम तुलचन , नेफ्स्कूनका सञ्चालक सन्दीप सापकोटा र बुटवल उप-महानगरपालिकाका सहकारी शाखा प्रमुख गुणकर खनालले  सो साधारणसभामा शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।  

सहकारी संघ/संस्थाको वार्षिक साधारणसभा सम्बन्धी सहकारी विभागको निर्देशन पालना गरी सम्पन्न साधारणसभाको अध्यक्षता त्यसै संघका अध्यक्ष विष्णुप्रसाद ओस्ती , स्वागत मन्तव्य उपाध्यक्ष दीपक भट्टराई र सञ्चालन सचिव प्रकाश भट्टराईले गर्नु भएको थियो । त्यसै संस्थाका व्यवस्थापक सुमन पाण्डे संयोजन गर्नु भएको उक्त साधारणसभामा सोही संस्थाका लेखा सुपरीवेक्षण समितिका पूर्व सदस्य शिवबहादुर कुँवर ,  ऋण उप-समितिका पूर्व सदस्य प्रकाश खनाल , उत्कृष्ट बचतकर्ता सदस्य निरज खनाल , उत्कृष्ट ऋणी सदस्य सन्दीप कालामगर र उत्कृष्ट शेयर सदस्य बृद्धि गर्ने सदस्य राजेन्द्रबहादुर थापालाई सम्मान गरिएको थियो भने त्यसै साधारणसभाबाट सो संस्थाको लेखा सुपरीवेक्षण समितिको रिक्त सदस्य पदमा पूर्व सल्लाहकार सुनिल पोखरेललाई चयन गरिएको छ । )

रुपन्देही जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का सञ्चालक तथा संसार बचत तथा ऋण सहकारी संस्था लि,का अध्यक्ष ओस्ती सँग समसामयिक विषयमा कुराकानी गरिएको छ । जो यस प्रकार छ ।

 

Leave a Reply