आ.व.२०७७/०७८ मा सतुङ्गल साकोस , सतुङ्गलको कूल कारोवार रु.२७ करोड पु-याउने लक्ष्य

0 Shares

काठमाडौंको चन्द्रागिरि नगरपालिका-११,  सतुङ्गलमा रहेको सतुङ्गल बचत तथा ऋण सहकारी संस्था लि. ले आर्थिक वर्ष २०७७/०७८को अन्तसम्ममा आफ्नो शेयर सदस्य संख्या १,८००, शेयर पूँजी रु.१ करोड ८० लाख , बचत संकलन रु.२३ करोड , कर्जा लगानी रु.२० करोड र कूल कारोवार रु.२७ करोड पु-याउने लक्ष्यका साथ कार्य गरिरहेको जनाएको छ । सहकारी सञ्जालसँग कुरा गर्दे सो संस्थाका अध्यक्ष सूर्यबहादुर महर्जनले ‘२०७७ कार्तिक २३ गते स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी सम्पन्न हाम्रो यस सतुङ्गल बचत तथा ऋण सहकारी संस्था लि. को ११औं वार्षिक साधारणसभाले पारित गरेको नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने कार्य भइरहेको छ’ भन्नुभयो । उहाँले २०७७ माघ १२ गतेसम्म यस संस्थामा शेयर सदस्य संख्या १,६०० , शेयर पूँजी रु.१ करोड ७० लाख , कूल कारोवार रु.२५ करोड ७२ लाख २९ हजार ९ सय ७ , निक्षेप संंकलन रु.२० करोड ५० लाख , कर्जा लगानी रु.१८ करोड ९० लाख ७० हजार जगेडा तथा अन्य कोषहरु रु.८० लाख ३१ हजार एवं ९ जना कर्मचारी रहेको बताउनुभयो । 

यो संस्थाले आफ्ना शेयर सदस्यहरुका लागि सहकारी शिक्षा तालिम लगायतका रचनात्मक कार्यक्रम सञ्चालन गर्ने बारे योजना बनाइरहेको उहाँको भनाई थियो । एक जनि व्यक्तिले एक स्थानीय तह भित्र एकै प्रकृतिको एउटा  सहकारी संस्थामा मात्रै सदस्य बन्न पाउने सहकारी ऐनमा व्यवस्था भएको प्रावधान बारे सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्कीको जिज्ञासाको जवाफ दिदै अध्यक्ष महर्जनले सहकारी ऐनमा व्यवस्था भएको सहकारी कर्जा सूचना केन्द्र र कर्जा असुली न्यायाधीकरण जति सक्तो चाँडो स्थापना गरी राम्रो सँग सञ्चालन गर्नु परो , तिनको कार्यान्वयन भएपछि सहकारी संस्थामा दोहोरो सदस्यता हटाउने प्रावधान आवश्यक पर्दैन किनभने सहकारी संस्थामा समस्या बचतमा नभई कर्जामा मात्रै छ’ भन्नुभयो । अर्को एक प्रसङ्गमा उहाँले सञ्चालक समिति भित्रको व्यक्ति कार्यकारी प्रमुख रहेको सहकारी संस्थाले राम्रो प्रगति गरिरहेको देखिएकोले सञ्चालक समिति भित्रको एक जनालाई सहकारी संस्थाको कार्यकारी प्रमुख बनाउने व्यवस्था गरिनु पर्ने आवश्यकता औंल्याउनुभयो ।

Leave a Reply