अशोक महर्जन नवयुवा साकोस ,मिखाबहालको अध्यक्षमा पुन: चयन

0 Shares

पुन: अशोक महर्जनको अध्यक्षतामा सञ्चालक समिति र नविना महर्जनको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति निर्विरोध चयन गर्दै २०७७ पुस २५ गते ललितपुर मिखाबहालमा रहेको नव युवा बचत तथा ऋण सहकारी संस्था लि.को १३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ४ वर्षे कार्यकाल रहने सो सञ्चालक समितिको उपाध्यक्षमा रवि महर्जन , सचिवमा शान्त बज्राचार्य , कोषाध्यक्षमा नारायण महर्जन र सह-सचिवमा सविना महर्जन तथा सदस्यमा विमला महर्जन , वीरेन्द्र डंगोल , मणि  महर्जन र रामकृष्ण महर्जन एवं लेखा सुपरीवेक्षण समितिको सदस्यमा जीवन महर्जन र रत्नमैया महर्जन हुनुहुन्छ  ।

विषम परिस्थितिलाई मध्यनजर गरी स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी झण्डै २ साता लगाएर त्यसै संस्थाका अध्यक्ष अशोक महर्जनको अध्यक्षतामा सो साधारणसभा सम्पन्न भएको थियो । त्यस साधारणसभामा उक्त संस्थाको सञ्चालक समितिको तर्फबाट  प्रतिवेदन प्रस्तुत गर्दै सोही संस्थाका अध्यक्ष महर्जनले विषम परिस्थितिका कारण लामो समय लगाएर यो साधारणसभा सम्पन्न गर्नुपरेको भन्दै आर्थिक तथा वित्तीय क्षेत्रमा कोरोनाको दीर्घकालीन अशर पार्न सक्ने भएकोले आगामी दिनहरु चुनौतिपूर्ण रहेकाले त्यसलाई मध्यनजर गरी यस संस्थाले नीति , योजना तथा कार्यक्रमहरु तयार गर्ने बताउनुभयो । उहाँले ‘आर्थिक वर्ष २०७६/०७७ मा यस संस्थामा शेयर सदस्य संख्या १,९८२ , शेयर पूँजी रु.२ करोड ९२ लाख ४१ हजार , निक्षेप संकलन रु.२६ करोड १९ लाख २५ हजार , कर्जा लगानी रु.१९ करोड ८१ लाख ९२ हजार र खुद मुनाफा रु.८० लाख ६१ हजार रहेको र सो मुनाफाबाट संस्थाले सदस्यहरुलाई ९.२४ प्रतिशत लाभांश वितरण गर्ने छ’ भन्नुभयो ।

त्यस साधारण सभामा त्यसै संस्थाका सचिव शान्त बज्राचार्यले आर्थिक वर्ष २०७६/०७७ को प्रगति प्रतिवेदन तथा आर्थिक वर्स २०७७/०७८ को भावी योजना, नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ‘यस संस्थाले आर्थिक वर्ष २०७७/०७८ मा प्राथमिक पूँजीको आधारमाा ऋणको सीमा वृद्धि् भएकोले ऋण परिचालनमा वृद्धि हुने अपेक्षा गरिएको छ’ भन्नुभयो । उक्त साधारणसभाको संयोजन सोही संस्थाका व्यवस्थापक ज्ञानीबाबु महर्जनले  गर्नु भएको थियो ।

Leave a Reply