स्यूचाटार साकोसको १४ औं वार्षिक साधारणसभा सम्पन्न

0 Shares

काठमाडौंको स्यूचाटारमा रहेको स्यूचाटार बचत तथा ऋण सहकारी संस्था लि.ले प्रविधिको प्रयोग मार्फत कोभिड -१९ को विषम परिस्थितिमा पनि आफ्नो १४ औं वार्षिक साधारणसभा यही पौष २५ गते शनिवार सम्पन्न गरेको छ । नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको प्रमुख आतिथ्यता रहेको उक्त साधारणसभामा नागार्जुन नगरपालिकाकी सहकारी शाखा  प्रमुख झसीता घिमिरेका साथ अन्य अतिथिहरुको समेत उपस्थितिमा संस्थाले आफनो साधारणसभा सम्पन्न गरेको छ । संस्थाको आफ्नै नवनिर्मित भवनको सभाहलमा सम्पन्न सो साधारणसभाको टी.भी.टुडे र संस्थाको आधिकारी फेसबुक पेज मार्फत प्रत्यक्ष प्रशारण गरिएको थियो । उक्त साधारणसभामा संस्थाका सचिव कृष्णहरि खत्रीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने संस्थाकी कोषाध्यक्ष बन्दना खड्काले कार्यक्रम सञ्चालन गर्नुभएको थियो

उक्त साधारणसभाका सभापति तथा संस्थाको अध्यक्ष साधुराम गौतमले आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक प्रतिवेदन तथा २०७७÷०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । कोभिड- १९ को महामारीको बीच पनि संस्थागत र सामाजिक कार्यक्रमहरुमा संस्था निरन्तर लागिरहेको र लकडाउनको कारण आर्थिक समस्यामा परेका ऋणी सदस्यहरुलाई राहत उपलव्ध गराउन व्याजमा २ प्रतिशत विशेष छुटको व्यवस्था गरिएको, सबै शेयर सदस्यहरुको कोभिड १९ को वीमा संस्थाले स्वयं गरिदिएको र प्रधानमन्त्री राहत कोषमा रु.१लाख संस्थाको तर्फबाट आर्थिक सहयोग उपलव्ध गराइएको सो सभालाई बतााउनु भएको थियो । त्यसैगरी सो संस्थाका अध्यक्ष  गौतमले आ.व. २०७६÷०७७ को उक्त संस्धाको आर्थिक विवरण पेश गर्दै आर्थिक वर्ष २०७६/०७७ मा यस संस्थामा शेयर पूँजी रु.६ करोड ,८० लाख ५५ हजार , बचत संलकन रु.५३ करोड ४४ लाख ६ हजार र सदस्यहरुलाई लगानी गरेको ऋण रु.५२ करोड ६२ लाख ११ हजार रहेको , खुद नाफा रु.२ करोड ६७ लाख ९२ हजार  गरेको तथा जगेडा कोष तथा अन्य कोषहरुमा रु.६ करोड ९३ लाख २२ हजार व्यवस्था गर्न सफल रहेको बताउनुभयो ।

साधारणसभामा शुभकामना मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि पौड्यालले यो संस्था बचत तथा ऋण ऋण सहकारी संस्थाहरु मध्ये एक नमुना संस्था भएको , संस्थाले  आफ्नै भवन निर्माण सम्पन्न गरी कारोवार समेत सञ्चालन गरी संस्थागत विकासमा फडको मारेको र नेफ्स्कूनले सञ्चालन गर्दै आएको प्रोवेशन कार्यक्रमहरुमा संस्था सक्रिय रुपमा सामेल हुँदै आएको भन्दै खुशी  व्यक्त गर्नुभयो । युवा साझेदारी कार्यक्रम अन्तर्गत यससंस्थाले युवा परिचालन तथा रोजगारी तर्फ गरेको कार्य प्रगतिको प्रशंसा गर्दै एक अर्ब माथिको कारोवार गर्ने संस्थालाई विशिष्ट श्रेणीको संस्थाको मान्यता प्राप्त हुने हुँदा त्यस तर्फ अगाडि बढन समेत संस्थाका सञ्चालक तथा व्यवस्थापकलाई सल्लाह र सुझाव दिनुभयो । सभामा संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक कृष्णप्रसाद लामिछानेले लेखा समितिको तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुुुुभएको थियो ।  सभाका उठेका जिज्ञासालाई  अध्यक्ष साधुराम गौतम र लेखा सुपरीवेक्षण समिति संयोजक कृष्णप्रसाद लामिछानेले संयुक्त रुपमा निवारण गर्नु भएको थियो । संस्थाका प्रमुख कार्यकारी अधिकृत रामेश्वर के.सी. ले त्यस साधारणसभाको संयोजन गर्नु भएको थियो ।

Leave a Reply