पोलिक्लिनिक सञ्चालन गर्दै चन्द्रागिरि साकोस , एम्बुलेन्स सेवामा पनि बृद्धि

0 Shares

स्थानीय समुदायमा आधारित रहेर सञ्चालन भइरहेको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्ना शेयर सदस्यहरुको सुविधालाई मध्यनजर गरी यही माघ १ गतेदेखि  पोलिक्लिनिक सेवा सञ्चालनमा ल्याएको छ । त्यसैदिनदेखि सो संस्थाले सञ्चालन गरिरहेको एम्बुलेन्स सेवामा बृद्धि गरेको जनाइएको छ ।

सो संस्थाले सञ्चालन गरिरहेको चन्द्रागिरि मार्ट परिसरमा मेड स्टार पोलिक्लिनिकसँग सहकार्य गरी पोलिक्लिनिक सेवा सञ्चालन शुभारम्भ गरेको छ भने लायन्स क्लब अफ काठमाडौं -चन्द्रागिरिसँग सहकार्य गरी थप एम्बुलेन्स सेवा प्रवाह पनि शुरु गरेको छ ।

विगत ८ वर्षदेखि एम्बुलेन्स  र शव वाहन सञ्चालन गरी सदस्यहरुलाई निःशुल्क सेवा प्रवाह गर्दै आएको त्यस संस्थाले एम्बुलेन्स सेवा थप गरेसँगै एम्बुलेन्सको संख्या २ र शव बाहनको संख्या १ छ । थानकोट चेकपोष्ट छेउमा  आफ्नै भवनमा मुख्य कार्यालय तथा २ वटा सेवाकेन्द्रबाट आफ्ना शेयर सदस्यहरुलाई वित्तीय सेवा प्रवाह गरिरहेको त्यस संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सेवामूलक सामाजिक गतिविधि सञ्चालन गर्दै आएको छ ।

आफ्ना सदस्य तथा समुदायलाई सहुलियतपूर्ण आधारभूत स्वास्थ्य सेवा प्रवाह गर्ने उद्देश्यले सो संस्थाद्वारा सञ्चालित पोलिक्लिनिकमा आकस्मिक सेवा, ओपीडी विशेषज्ञ सेवा, प्याथोलोजी सेवा, एक्सरे , भिडियो एक्सरे र फार्मेसी सेवा सञ्चालन हुने र त्यसमा चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि. का शेयर सदस्यहरुलाई विशेष सहुलियत प्रदान गरिने सोही संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले भनाई छ  ।

Leave a Reply