नवोदय बहुउद्देश्यीय सहकारी संस्था लि.को १३औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौंको कपन-भृकुटीचोकमा अवस्थित नवोदय बहुउद्देश्यीय सहकारी संस्था लि.को १३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सो संस्थाका अध्यक्ष राजन आचार्यको अध्यक्षतामा सम्पन्न साधारणसभामा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउदै संस्थाका शेयर सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको उक्त संस्थाका प्रबन्धक शंकर आचार्यले बताउनु भएको छ । साधारणसभामा बुढानिलकण्ठ नगरपालिका वडा नं.१२ का वडा अध्यक्ष शम्भुप्रसाद भट्टराई , स्थानीय समाजसेवी चिरञ्जीवी नेपाल लगायत विभिन्न व्यक्तित्वहरुको सहभागिता रहेको थियो । त्यस संस्थाको सञ्चालक समितिको तर्फबाट अध्यक्ष आचार्यले वार्षिक प्रतिवेदन , कोषाध्यक्ष विष्णुप्रसाद भट्टराईले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक गणेशप्रसाद भट्टराईले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदनका साथै संस्थाको वासालत , नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण पेश गर्नु भएको थियो । आर्थिक वर्ष २०७६/०७७ मा संस्थाले करिव रु.१ करोड ३६ लाख आम्दानी गरी करिव रु,१ करोड २९ लाख खर्च भई रु.१ लाख २५ हजार आयकर भुक्तानी गरेको छ । सोही आर्थिक वर्षमा संस्थाको कर्जा लगानी रु.७ करोड ६९ लाख , बचत संकलन रु.८ करोड र शेयर पूँजी रु.१ करोड रहेको प्रतिवेदनमा उल्लेख छ । अधिकांश स्थानीय समुदायको सहभागिता रहेको र समुदायमा आधारित यस सहकारी संस्थाले आगामी दीनमा सदस्य केन्द्रित विभिन्न नयाँ कार्यक्रमहरु शुरु गर्ने कार्य योजना समेत बनाएको सो संस्थाका अध्यक्ष राजन आचार्यले साधारणसभामा जानकारी दिनुभयो । कोभिड-१९ का कारण संसार भरका वित्तीय क्षेत्र प्रभावित भैरहेको अवस्थामा आर्थिक वर्ष २०७६)०७७ मा यो संस्थाको वित्तीय अवस्थामा केही अशर देखिएपनि समग्र आम्दानी र खर्चमा अशर नपरेको र अघिल्लो आर्थिक वर्षमा पेश गरिएको अनुमानित आय व्यय सँग यस आर्थिक वर्षको आय व्यय लगभग नजिक रहेको त्यसै संस्थाका प्रबन्धक शंकर आचार्यले साधारणसभालाई जानकारी दिनुभयो । साधारणसभामा प्रस्तुत प्रतिवेदनमा कोभिड-१९ पछि सहकारीमा देखिएको अवशर र चुनौतिको बारेमा समेत उल्लेख गरी सदस्यहरुलाई जानकारी गराएको थियो , साथै सदस्यहरुका विभिध सुझाव संकलन गरी उक्त सुझावहरु समेत समेटी गरिएको निर्णयमा प्रमाणित गर्न सञ्चालक समितिका ७ र शेयर सदस्य ८ जनाको चयन गरिएको जानकारी दिइयो ।
