प्रज्ञान साकोस , बलम्बुको कूल कारोवार १६ करोड रुपैया

0 Shares

काठमाडौंको चन्द्रागिरि नगरपालिका-१२, बलम्बुमा आफ्नै भवनबाट शेयर सदस्यहरुलाई सेवा प्रवाह गरिरहेको प्रज्ञान बचत तथा ऋण सहकारी संस्था लि.ले आर्थिक वर्ष २०७७/०७८ मा आफ्नो शेयर सदस्य संख्या ८००, शेयर पूँजी रु.१ करोड २० लाख र कूल कारोवार रु.१८ करोड पु-याउने लक्ष्य सहित कार्य गरिरहेको जनाएको छ । सो संस्थाकी व्यवस्थापक शारदा श्रेष्ठले २०७७ सालको तिहारको लक्ष्मी पुजाको दिनबाट आफ्नै भवनबाट सञ्चालन भइरहेको हाम्रो यस संस्थामा २०७७ माघ १२ गतेसम्म शेयर सदस्य संख्या ६०० , शेयर पूँजी रु.१ करोड १५ लाख , निक्षेप संकलन रु.१५ करोड , कर्जा लगानी रु.१४ करोड र कूल कारोवार रु.१६ करोड रहेको छ भन्नुभयो । उहाँले यस संस्थामा तरलताको समस्या त छैन तर कोभिड-१९ का कारण कर्जा असुलीमा भने समस्या भइरहेको सहकारी सञ्जाललाई बताउनुभयो ।

उक्त संस्थाको ७औं वार्षिक साधारणसभा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी प्रयोग गरी २०७७ पुस २९ गते सम्पन्न भयो । सोही संस्थाका अध्यक्ष श्रीकृष्ण महर्जनको अध्यक्षता तथा चन्द्रागिरि नगरपालिकाका कर्मचारी सुनिल महर्जनको आतिथ्यतामा साधारणसभा सम्पन्न भएको थियो । सोही संस्थाका सचिव धर्मरत्न महर्जनले सञ्चालन र व्यवस्थापक शारदा श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नु भएको सोही साधारणसभामा त्यसै संस्थाका अध्यक्ष श्रीकृष्ण महर्जनले वार्षिक प्रतिवेदन , लेखा सुपरीवेक्षण समिति संयोजक श्यामकृष्ण महर्जनले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन र कोषाध्यक्ष धनकृष्ण महर्जनले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।साधारणसभाबाट छलफल गरी ती प्रतिवेदन पारित गरिएको थियो ।

Leave a Reply