आफ्नो दोस्रो सेवाकेन्द्र स्थापना गर्ने तयारी गर्दै कालिका विकास साकोस, गोंगबु,

0 Shares

काठमाडौंको टोखा नगरपालिका-९, गोंगबुमा मुख्य कार्यालय रहेको कालिका विकास बचत तथा ऋण सहकारी संस्था लि.ले टोखा नगरपालिका वडा नं. ३ मा दोस्रो सेवाकेन्द्र स्थापना गर्ने गरी कार्य गरिरहेको जनाएको छ । सहकारी सञ्जालँग कुरा गर्दै सोही संस्थाकी प्रबन्ध निर्देशक यशोदा पुन थापाले सो कुरा बताउदै ‘२०७७ असोज ९ गते काठमाडौंको तारकेश्वर नगरपालिका-७, संगमफाँटमा स्थापना भएको यस संस्थाको पहिलो सेवाकेन्द्र राम्रो सँग सञ्चालन भइरहेको छ’ भन्नुभयो ।

प्रविधिको राम्रो सँग उपयोग गरिरहेको उक्त संस्थाले एस.एम.एस.(SMS) तथा मोवाइल बैंकिङ्ग सेवा र  रेमिट्यास सेवा पनि सञ्चालन गरिरहेको  छ । 

बजारमा आर्थिक गतिविधि बढेसँगै यस संस्थाको कारोवार बृद्धि भइरहेको छ भन्दै सोही संस्थाकी प्रबन्ध निर्देशक थापाले २०७७ माघ २७ गतेसम्म हाम्रो यो संस्थामा शेयर सदस्य सदस्य संख्या ५०० , शेयर पूँजी रु.२ करोड ५० लाख , निक्षेप संकलन रु.२ करोड २३ लाख , कर्जा लगानी रु.३ करोड र कूल कारोवार रु.५ करोड ५५ लाख रहेको बताउनुभयो ।

तपाईहरुको यो संस्थाको अरु गतिविधि के छ भनी सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्कीको जिज्ञासाको जवाफमा उहाँले यतिबेला हाम्रो यस संस्थामा शेयर सदस्य , शेयर पूँजी र कारोवार बृद्धि गर्ने गरी कार्य भइरहेको छ र सहकारी शिक्षा तथा तालिम लगायतका कार्यक्रम सञ्चालन गर्ने बारेमा योजना बनाउने कार्य भइरहेको जानकारी दिनुभयो ।

२०७७ माघ १० गते सम्पन्न त्यस संस्थाको १० वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७/०७८ मा शेयर सदस्य संख्या १ हजार र शेयर पूँजी रु.५ करोड सम्म बनाउने लगायतका योजना तथा कार्यक्रम पारित गरेको थियो ‌।

Leave a Reply