आफ्नै साढे ५ तले भवन बनाउदै श्रमज्योति साकोस

0 Shares

काठमाडौंको बागबजारमा रहेको श्रमज्योति बचत तथा ऋण सहकारी संस्था लि.ले हाल सञ्चालनमा रहेको आफ्नो कार्यालय नजिकै आफ्नै भवन बनाउने तयारी भइरहेको जनाएको छ । सो संस्थाका अध्यक्ष लोकेन्द्रबहादुर साउदले हाम्रो यस संस्थाको काठमाडौंको बागबजारस्थित धर्मचक्र गल्लीमा रु.१ करोड ५५ लाखको लागतमा ३ हजार स्क्वायर फिटको साढे ५ तले भवन निर्माण कार्य यही फागुन ९ गतेबाट शुभारम्भ गर्ने गरी कार्य भइरहेको सहकारी सञ्जाललाई बताउनुभयो । देशभर कार्यक्षेत्र रहेको यो संस्थामा कार्यरत कर्मचारी र विद्युतकर्मीहरु मात्र शेयर सदस्य बन्न सक्ने प्रावधान रहेको बताउदै उहाँले ‘यस संस्थामा यही माघ मसान्तसम्म शेयर सदस्य संख्या ६ हजार ७ सय , शेयर पूँजी रु.८ करोड ५२ लाख , निक्षेप संकलन रु.७७ करोड ३५ लाख , कर्जा लगानी रु ६७ करोड ७ लाख र कूल कारोवार रु.१ अर्व ५ करोड रहेको र यसले आर्थिक वर्ष २०७६/०७७ को कारोवारबाट आर्जन गरेको मुनाफाको आधारमा आफ्ना शेयर सदस्यहरुलाई १४ प्रतिशत लाभांश वितरण गरेको छ’ भन्नुभयो । यही फागुन २ गतेदेखि यस संस्थाले अनलाइनबाट के.वाई.एम.(KYM) फारम भर्न , शेयर तथा ऋण आवेदन दिन र ऋण लगानी गर्न सक्ने गरी थप सेवा शुभारम्भ गरेको  उहाँको भनाई छ । नेपाल विद्युत प्राधिकरणको देशभरका सबै कार्यालयमा युनिट रहेको यस संस्थाले सम्बन्धित शेयर सदस्यको आवेदन र उहाँ कार्यरत कार्यालयको सिफारिसकोआधारमा  सामूहिक जमानीमा बिना धितो रु.१० लाख सम्म कर्जा प्रवाह गर्ने गरिएको छ’, उहाँको थप भनाई छ ।

तपाईहरुको यो संस्थाको थप योजना चाहिँ के छ नि भन्ने सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्कीको जिज्ञासाको जवाफमा अध्यक्ष साउदले २०७८ बैशाखबाट हाम्रो यो संस्थाले शेयर सदस्यहरुले विल भुक्तानी गर्न सकिने , सहकारीका साथै बैंक एवं वित्तीय संस्थामा रकम ट्रान्सफर गर्न सकिने र आफ्नो शेयर , बचत र ऋण कारोवार हेर्न सकिने गरी मोवाइल बैंकिङ्ग एप सञ्चालनमा ल्याउने योजना रहेको र त्यसपछि २०७८ असारबाट भिसा(VISA) वा एस.सी.टी.(SCT) नेटवर्क रहेको सहकारी , बैंक तथा अन्य वित्तीय संस्थाबाट नगद कारोवार गर्न सकिने गरी ए.टी.एम.(ATM) कार्ड सेवा सञ्चालनमा ल्याउने उद्देश्यका साथ राज्यको सम्बन्धित निकाय समक्ष पहल भइरहेको बताउनुभयो । उहाँले २०७७ असोज २४ गते फेसबुक , भर्चुअल र प्राइम टाइम टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरी आफ्नो २०औँ वार्षिक साधारणसभा सम्पन्न गरेको यस संस्थाको चालु आर्थिक वर्ष २०७७/०७८ भित्रै प्रदेश नं. १ , प्रदेश नं. २  र गण्डकी प्रदेशमा अभिमुखीकरण तथा सहकारी शिक्षा/ तालिम कार्यक्रम सञ्चालन गरी ती प्रदेशमा सदस्य सेवाकेन्द्र स्थापना गर्ने र त्यसपछि बाँकी प्रदेशहरुमा पनि क्रमश: सदस्य सेवाकेन्द्र स्थापना गर्दै जाने योजना रहेको छ’, भन्नुभयो ।

सहकारी सञ्जालसँग कुरा गर्दै उक्त संस्थाका सचिव तिर्थराज न्यौपानेले ‘निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको हाम्रो यो संस्थाको सबै सूचाकांक राम्रो रहेको छ’ भन्नुभयो । उहाँले ‘यस संस्थाको सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिमा चार्टर एकाउण्टेण्ट रहे पनि यसको लेखा परीक्षण भने स्वतन्त्र व्यवसायिक लेखा फर्मबाट गरिने गरिएको बताउनुभयो । हाम्रो यो संस्थाले कोभिड-१९ बाट प्रभावित शेयर सदस्यहरुलाई लकडाउनको समयमा रु.३७ लाख बराबरको व्याज छुट गरेको तथा काठमाडौं महानगरपालिका वडा नं.२८ को अनुरोधमा सो वडाको राहत कोषमा रु.डेड लाख सहयोग गरेको उहाँको भनाई छ ।

Leave a Reply