ललितपुरको सानागाउँ-स्कूलचोकमा लोकप्रिय सरु संगीत घर स्थापना

0 Shares

नेपाली सांगीतिक क्षेत्रका सुपरीचित संगीतकार तथा गायक डेनी निरौलाले हिजोबाट ललितपुरको महालक्ष्मी नगरपालिका-५, सानागाउँ- स्कूलचोकमा लोकप्रिय सरु संगीत घर  सञ्चालनमा ल्याउनु भएको छ । सो संगीत घरको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले विधिवत समुद्घाटन गर्नुभयो । सो अवसरमा मेयर श्रेष्ठले  महालक्ष्मी नगरपालिका भित्र कला र संस्कृतिको विकासका लागि स्थापना भएको यस संगीत घरको प्रवर्द्धनका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यस अवसरमा उक्त संगीत घरका फाउण्डर निरौलााले  यस क्षेत्रमा कला र संस्कृतिको विकासमा टेवा पु-याउने उद्देश्यले यो संगीत घर सञ्चालनमा ल्याएको बताउनुभयो ।

फाउण्डर निरौलाकी दिवंगत माता सरस्वती घिमिरेको नामबाट राखिएको लोकप्रिय सरु संगीत घरमा नृत्य , गायन तथा तबेला , हार्मुनियम , मादल , गितार सहितका बाद्यबादन सिकाइने बताइएको छ । त्यस संगीत घरमा हिजो नै १५ जनाको भर्ना गरिएको जनाइएको छ ।

इलामको नामसालिङ्गमा जन्मेका संगीतकार तथा गायक डेनी निरौला ‘आफ्ना पिता एवं ख्याती प्राप्त गायक तथा संगीतकार कोमल निरौलाको प्रेरणाबाट आफू सांगीतिक क्षेत्र लागिरहेको बताउनुहुन्छ । उहाँसँगै भाइ भिषण निरौला र बहिनी झुमा निरौला पनि सांगीतिक क्षेत्रमा क्रियाशील हुनुहुन्छ ।

Leave a Reply