प्रशिद्ध कवि उदय निरौलाको ‘अस्ताउँदो घाम टेकेर’ विमोचन
प्रशिद्ध कवि तथा ज्योतिषशास्त्री उदय निरौलाको छैटौँ कविता संग्रह अस्ताउँदो घाम टेकेर बरिष्ठ साहित्यकार तथा पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलेे शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा विमोचन गर्नुभयो । सो अवसरमा पूर्व प्रधानमन्त्री चन्दले कवि निरौलाको साहित्यिक व्यक्तित्व तथा ज्योतिष सम्बन्धी ज्ञान र साहित्यिक रचना तथा कृतिको चर्चा गर्नुभयो । उक्त अवसरमा कवि निरौलाले सो कविता संग्रहको बारेमा प्रकाश पार्नु भएको थियो । सोही अवसरमा ख्याती प्राप्त स्रष्टाहरु विष्णुविभु घिमिरे , ललिजङ्ग रावल , विजय चालिसे लगायतले विमोचन भएको कृति अस्ताउँदो घाम टेकेर माथि समीक्षात्मक टिप्पणी गर्नु भएको थियो । कार्यक्रममा कवि , गायक तथा संगीतकार लगायत विभिन्न क्षेत्रमा कार्यरत व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
इलामको नामसालिङमा जन्मेका निरौलाको ९४ पृष्ठको पछिल्लो उक कविता संग्रह अस्ताउँदो घाम टेकेरमा १९ वटा कविता समावेश छन् । रु.३०० मूल्य रहेको त्यो कविता संग्रह कवि निरौलाले आफ्ना दिवंगत पिता लक्ष्मीप्रसाद निरौलाप्रति समर्पित गर्नु भएको छ ।


