सरकार र विप्लव नेतृत्वको नेकपा वीच ३ बुँदे सहमती सकारात्मक : कट्टेल

0 Shares

हालै निर्माण भएको  रणनीतिक मोर्चाको एक घटक नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले  सरकार र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट वीच वीच ३ बुँदे सहमती हुनु सकारात्मक रहेको सहकारी सञ्जाललाई बताउनुभयो । उहाँले यो ‘सहमती-पत्रमा हस्ताक्षर गरेका दुबै पक्षले यो सहमतीको पालना गरुन्’ भन्नुभयो ।

सरकार र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी वीच काठमाडौंको प्रदर्शनीमार्ग स्थित राष्ट्रियसभा गृहमा यही फागुन २१ गते आयोजित विशेष कार्यक्रममा ३ बुँदे सहमती भएको थियो । प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ को उपस्थियिमा  त्यस सहमती-पत्रमा सरकारी बार्ता टोलीका प्रमुख तथा गृह मन्त्री रामबहादुर थापा ‘बादल’ र सदस्य राजन भट्टराई तथा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रबक्ता तथा बार्ता टोली प्रमुख खड्गबहादुर बिश्वकर्मा ‘प्रकाण्ड’ र सदस्य दीपक चलाउनेले हस्ताक्षर गर्नु भएको थियो ।

यस सहमतीको आफूहरुले पालना गर्ने प्रतिबद्धता सोही अवसरमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले गर्नु भएको थियो भने त्यसै कार्यक्रममा प्रधानमन्त्री ओलीले विप्लव साहसिक भएको भन्दै सरकार र विप्लव समूह वीचको ३ बुँदे सहमती फोर्स ल्याण्डिङ नभई सेफल्याण्डिङ भएको बताउनु भएको थियो ।

उक्त सहमती सकारत्मक रहेको जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले लगायतको भनाई छ ‌।

Leave a Reply