नेपाल सरकार र विप्लव नेतृत्वको नेकपा वीच ३ बुँदे सहमती

0 Shares

नेपाल सरकार र विप्लव नेतृत्वको नेपाल पार्टी वीच ३ बुँदे सहमती भएको जनाइएको छ । गृह मन्त्री तथा सरकारी बार्ताटोलीका प्रमुख रामबहादुर थापा र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रबक्ता तथा बार्ताटोलीका प्रमुख प्रकाण्डद्वारा हस्ताक्षर गरी आज जारी गरिएको प्रेस विज्ञप्तिमा नेपाल कम्युनिष्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक विषयको समाधान सम्वादको माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको नेपाल कम्युनिष्ट पार्टी माथिको प्रतिबन्ध हटाउने , सम्पूर्ण बन्दीको रिहाई र मुद्धा खारेजी लगायतका विषयहरु रहेको उल्लेख छ ।  सहमतीको बिस्तृत विवरण यही फागुन २१ गते‌ दिनको २ बजे विशेष समारोहका वीच सार्वजनिक गरिने छ र त्यो समारोहमा प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले सम्बोधन गर्ने सोही विज्ञप्तिमा उल्लेख गरिएको छ ।

गृह मन्त्री रामबहादुर थापा ‘बादल’ प्रमुख र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई सदस्य रहेको सरकारी बार्ताटोली र पूर्व मन्त्री तथा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रबक्ता प्रकाण्ड प्रमुख र दीपक चलाउने सदस्य रहेको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको बार्ताटोली वीच ३ चरणको वार्ता भएसँगै उक्त सहमती भएको बताइएको छ ।

सो पार्टी सहित ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी , मोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र आहुती नेतृत्वको बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी मिलेर हालै रणनीतिक राजनीतिक मोर्चा निर्माण भएको थियो । उक्त मोर्चाले काठमाडौं , बुटवल , धनगढी र इटहरीमा पहिलो चरणको विरोधसभा गरेको थियो । विरोधसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेल लगायतका वक्ताले सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माथि लगाएको प्रतिबन्ध हटाउनु पर्ने , पक्राउ गरिएका सो पार्टीका नेता कार्यकर्ताहरुलाई रिहाई र झुठा मुद्दा खारेज गर्नु पर्नेमा जोड दिनु भएको थियो ।

 

 

 

Leave a Reply