राष्ट्रिय सहकारी विकास बोर्डद्वारा सीजी डेभलर्सलाई जग्गा लिजमा दिने सम्झौता भंग
सम्झौता बमोजिम सीजी डेभलर्सले काम नगरेको भन्दै उसलाई ललितपुर महानगरपालिका-३, पुल्चोकमा रहेको १४ रोपनी जग्गा ३० वर्षको लागि लिजमा दिने गरी २०७१ माघ ४ गते आफैले गरेको सम्झौता राष्ट्रिय सहकारी विकास बोर्डले भंग गरेको जानकारी प्राप्त भएको छ । सो बोर्डकी अध्यक्ष समेत रहनु भएकी भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्री डा.शिवमाया तुम्बाहाम्फेको अध्यक्षतामा यही फागुन २८ गते बसेको बैठकले सो निर्णय गरेको बताइएको छ ।
राष्ट्रिय सहकारी विकास बोर्ड परिसरमा रहेको उक्त जग्गा सीसी डेभलर्सलाई लिजमा दिदा सस्तो मूल्यमा दिएको भनी विरोध भएको थियो तर सम्झौता भएको ६ वर्ष पुग्दा पनि न त सीजी डेभलर्सले उक्त बोर्डलाई सम्झौता भए बमोजिम रकम भुक्तानी ग-यो , न त सम्झौता अनुरुप नक्सा नै बनायो , जसका कारण उसले त्यत्तिकै जग्गा ओगटेर राख्दा उक्त बोर्डलाई भने करोडौं नोक्सान भएको जनाइएको छ ।
