टेवा बहुउद्देश्यीय सहकारी संस्था लि.ले ग-यो पल्स अनुपात विश्लेषण तालिम

0 Shares

ललितपुर महानगरपालिका-२३, हात्तीवन स्थित टेवाचोकमा रहेको टेवा बहुउद्देश्यीय सहकारी संस्था लि.को शिक्षा उप-समितिको आयोजनामा सो संस्थाको कार्यालय भवनमा यही फागुन २९ गते शनिवार एक दिने पल्र्स अनुपात विश्लेषण तालिम सम्पन्न भयो ‌।  तालिमको सहजीकरण सहकारी प्रशिक्षक प्रद्युमन घिमिरेले गर्नुभयो । त्यसै संस्थाकी सञ्चालक तथा शिक्षा उप-समिति संयोजक कल्पना न्यौपानेलेे सो तालिमको संयोजन गर्नु भएको थियो । उक्त अवसरमा उहाँले पल्र्सको प्रयोगबाट संस्थालाई स्वथ्य , सुरक्षित र ब्यबस्थित बनाउन सहयोग पुग्नुका साथै संस्थाको बृद्धि कुन दरमा हुनुपर्छ र के कसरी बृद्धि हुँदा संस्था सवल हुन्छ भन्ने कुरा थाहा पाउन सकिने बताउनुभयो । तालिममा सोही संस्थाका सञ्चालक समिति , लेखा सुपरिवेक्षण समिति र उप-समितिहरुका पदाधिकारी तथा सदस्य एवं कर्मचारीहरुको सहभागिता रहेको थियो । सोही तालिममा थन्यबाद ज्ञापन गर्दै त्यसै संस्थाका लेखा सुपरीवेक्षण समिति संयोजक श्याम सुन्दर लामिछानेले संस्थाको समग्र आर्थिक सूचकहरुको अवस्थाको ज्ञान हुने, सबैले कुन क्षेत्रमा ध्यान केन्द्रित गर्नुु पर्ने भन्ने कुराको एउटै प्रतिवेदन मार्फत बुझिने भएकोले संस्थाले आयोजना गरेको यो पल्र्स विश्लेषण तालिम अत्यन्तै लाभदायक भएको महशुस गरिएको बताउदै तालिममा सहभागीहरुलाई धन्यबाद ज्ञापन गर्नुभयो ।

कोभिड-१९ ले अशर गरेपनि बजार लयमा फर्किन थालेसँगै हाम्रो यो संस्था राम्रो सँग अगाडि बढेको उक्त संस्थाका अध्यक्ष कुमार गिरीको भनाई छ ।

 

Leave a Reply