ललितपुर जिल्ला बचत संघले २०७८ बैशाख २३-२५ मा चौथो ललितपुर साकोस समिट गर्ने

0 Shares

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजनामा २०७८ बैशाख २३ देखि २५ गतेसम्म चौथो ललितपुर साकोस समिट हुने भएको छललितपुरको गोदावारी स्थित होटल भ्यूमा आयोजना हुने सो समिपमा विद्वानहरुले विभिन्न विषयमा पेपर प्रेजेन्ट गर्ने कार्यक्रम रहेको सोही संघका व्यवस्थापक सन्तोष बजगाईले  सहकारी सञ्जाललाई बताउनु भयो । समिटमा २०० जना भन्दा बढीको सहभागिता रहने आँकलन गरिएको उहाँको भनाई छ ।

उक्त समिट २०७६ फागुन २२ देखि २४ गतेसम्म सञ्चालन गर्ने तयारी भए पनि कोभिड-१९ को कारण अन्तिम समयमा स्थगित गरिएको थियो ।

कोभिड-१९ को प्रभाव न्युन भएसँगै त्यस संघले आन्तरिक लेखा परीक्षण तालिम , बजार प्रतिनिधिका लागि तालिम र पल्स सम्बन्धी तालिम तथा सहकारीमा महिला सशक्तिकरण गोष्ठि सम्पन्न गरी सकेको छ भने यही चैत महिना भित्र कर्जा सम्बन्धी नि: शुल्क तालिम सञ्चालन गर्ने योजना रहेको बताइएको छ । २०७७ चैत ५ गतेसम्म सो संघमा करमचारी संख्या ९ , सदस्य संख्या ५२३ , शेयर पूँजी रु.४ करोड ६० लाख , निक्षेप संकलन रु.१ अर्व ५६ करोड , कर्जा लगानी रु.१ अर्व ७ करोड र कूल कारोवार रु.१ अर्व ७० करोड रहेको व्यवस्थापक बजगाईको कथन छ ।

Leave a Reply