चितवनमा ४ वटा साकोस वीच भयो एकीकरण

लामो समयको प्रयास पछि चितनवमा रहेका चित्रवन बचत तथा ऋण सहकारी संस्था लि., मोडल बचत तथा ऋण सहकारी संस्था लि., हाम्रो माइती बचत तथा ऋण सहकारी संस्था लि. र दीपज्योती अभिवृद्धि बचत तथा ऋण सहकारी संस्था लि. वीच एकीकरण भएको छ । राष्ट्रिय सहकारी महासंघ लि.,नेपालका अध्यक्ष मिनराज कँडेलको उपस्थितिमा ती ४ संस्था वीच आज एकीकरण घोषणा गरिएको हो । एकीकृत संस्थाको नाम हाम्रो चित्रवन बचत तथा ऋण सहकारी संस्था लि. रहेको छ भने बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.का सञ्चालक समेत रहनु भएका तेजेन्द्र खड्काको अध्यक्षतामा सो संस्थाको सञ्चालक समिति चयन भएको छ । एकीकरण पछि उक्त एकीकृत संस्थाको शेयर सदस्य संख्या १० हजार २ सय १ र कूल कारोवार रु.१ अर्ब १४ करोड रहेको बताइएको छ ।